
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ ३ देखि ८ गतेसम्म १७औँ संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुुुुटीमण्डपमा आयोजना हुने मेलाका लागि नाडाले मंगलबारदेखि स्टल बुकिङ खुला गरेको छ ।
मेलामा सहभागितासम्बन्धी गरिएको सर्वेक्षणका आधारमा स्टलका लागि अत्यधिक माग भएकाले विगतका संस्करण जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने बताइएको छ । नाडाका अनुसार मेला दुईपांग्रे, तीनपांग्रे, चारपांग्रे, लाइट कमर्सियल, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणलगायत वित्तीय संस्था र इन्स्योरेन्सलाई समूहअनुसार छुट्याइएकाले सोहीअनुरुप रजिष्ट्रेसन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।
यस नाडा अटो शो २०२५ का सन्दर्भमा भारत, चीनलगायतका अटोमोबाइल कम्पनीहरूबाट समेत जानकारी माग भइरहेकाले गत वर्षको तुलनामा यस वर्ष छिट्टै रजिष्ट्रेसन खुला गरिएको हो । नाडा अटो शो समितिका सहसंयोजक अनुपकुमार बरालले अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सिर्जनाका लागि विशेष योगदान पु¥याउँदै आएको सवारीसाधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आमउपभोक्तालाई नाडा अटो शो २०२५ ले सकारात्मक ऊर्जा एवं नवीनतम् प्रविधिको साक्षात्कार गराउने आयोजक नाडाले विश्वास लिएकोे बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच