आमा-बुुबाको आशीर्वाद पाएका घनश्याम राजकर्णिकार

डा. गणेशप्रसाद घिमिरे
Read Time = 16 mins

मानिस सामाजिक प्राणी हो । उसका हरेक कर्मले समाजमा उसलाई स्थापित गराएर सामाजिक जिम्मेवारीमा पठाएको हुन्छ । समाजको जिम्मेवारीमा पठाउन सबल बनाउने आधार आमाबुुबा नै हुन् । आमाबुुबाको आशीर्वाद सबै सन्तानलाई प्राप्त हुनेगर्दछ तर उक्त आशीर्वादलाई जीवन्तरूपमा उतार्न सक्ने सन्तति कमै हुन्छन् संसारमा । आमाबुुबालाई सम्मान गर्नु र उनीहरूको आसिकलाई जिम्मेवारीपूर्वक निभाउने सन्तानको सदा उन्नति भएको छ यो धरामा ।

यही समाजको सामाजिक मान्यताका आधारमा चलेको हाम्रो संस्कारित समाजले जहिले पनि मातापिता गुरु र अतिथिलाई देवता मान्ने गरेको छ । यो संस्कार हामीलाई हाम्रा पुुर्खाले दिएका हुन् । यस्तो संस्कारलाई हामीले पुुर्खाको विरासत मानेका छौँ । यो विरासत मेटिने हो भने हाम्रो समाजका सबै संरचना क्षतविक्षत हुन्छन् ।

पुुर्खाले दिएको कुरालाई स्वीकार गर्नु हाम्रो आचार, धर्म, संस्कार र परम्परा हो । यही संस्कारमा हुर्केका व्यक्ति हुुन् घनश्याम राजकर्णिकार । पवित्र सम्झना आमाको लेखेर २०७९ सालमा पितालाई सम्झेका छन् । पितालाई उनले उद्योगपति, सङ्घर्षका पर्याय र मिहिनेत गरेर जीवन चलाउने व्यक्तिका रूपमा स्वीकार गरेका छन् । जीवन सङ्घर्ष हो । यो जीवनरूपी सङ्घर्षसित पैठाजोरी खेल्न नसक्ने मानिस समाजमा स्थापित पनि हुुँदैन र आफूलाई सु्ुरक्षित राख्न पनि सक्दैन भन्ने मनसाय बोकेका मानिस हुन् कृष्णबहादर राजकर्णिकार ।

पिताको सम्झना :
पितालाई देवता मान्ने हाम्रो संस्कारमा घनश्याम राजकर्णिकारले पिताको व्यवसाय कृष्ण पाउरोटी उद्योग र पिताको सङ्घर्षका बारेमा लघुुआकारको कृति कृष्ण पाउरोटी र कृष्णबहादुर राजकर्णिकार (२०७९) प्रकाशन गरेका छन् । पिताले गरेको सङ्घर्ष र राणा परिवारबाट पाएको दुुःखले भौँतारिएका कृष्णबहादुुर राजकर्णिकार कलकत्ताबाट पाउरोटी बनाउने सिप सिकेर आए । कलकत्ताबाट सिकेको पेशालाई नेपालमा नै सञ्चालन गर्ने उनको मनसाय आर्थिक सङ्कटका कारण तुुहिने अवस्थामा रहेको देखिन्छ । आमाले गहना बन्दगी राखेर जोहो गरेपछि उनको स्वदेशी पाउरोटी उद्योग नेपालमा नै सञ्चालन भएको छ । सञ्चालन भए पनि दिनप्रतिदिनको सङ्घर्ष कृष्ण पाउरोटीका सञ्चालकले व्यहोर्नुुपरेको तथ्यलाई घनश्यामले रोचक तरिकाबाट कृतिमा राखेका छन् ।

आमाले गहना बन्दगी राखेर जोहो गरेपछि उनको स्वदेशी पाउरोटी उद्योग नेपालमा नै सञ्चालन भएको छ । सञ्चालन भए पनि दिनप्रतिदिनको सङ्घर्ष कृष्ण पाउरोटीका सञ्चालकले व्यहोर्नुुपरेको तथ्यलाई घनश्यामले रोचक तरिकाबाट कृतिमा राखेका छन् ।

तत्कालीन समयमा पाउरोटी पकाएर नेपालमा बेच्नुु र त्यसैको भरमा घर चलाउँछुु भन्नु चानचुुने कुरा थिएन । मानिसले पाउरोटीको पीठोलाई खुुट्टाले मुुछ्ने गर्दछन् र त्यसको हिन्दी नाम पावरोटी र नेपाली नाम पाउरोटी रहन गएको तथ्यलाई कृतिकारले खुलासा गरेका छन् । पिताले दिनमा आठ/दशवटा पाउरोटी उत्पादन गर्ने कुरालाई उल्लेख गरिएको छ कृतिमा । ती पनि कहिले बिक्री हुने त कहिले नहुुने अवस्था देखिएको छ ।

व्यवसाय चलाउन साह्रै गारो परेकाले उनले यो व्यवसायमा सफल नहुुने तथ्यलाई उघारिरहेका बेलामा तत्कालीन नेपाली राजनीतिका सबल व्यक्ति विश्वेश्वरप्रसाद कोइरालाले कृष्णबहादुुर राजकर्णिकारलाई सम्बोधन गर्दै चिया खान गएका समयमा भनेका छन् कृष्ण दाइ, तपाईंले धेरै राम्रो काम गर्नुभएको छ । यो पाउरोटी बनाउने काम रोक्नुु हुुँदैन । यो काम गर्दै जानुुस् है ! अब यहाँ पनि भारतको हावा आइहाल्छ । यहाँ हामीकहाँ प्रजातन्त्र नआउने कुरै छैन । अनि भारतमा तपाईंले देख्नुुभएजस्तै यहाँ पनि पाउरोटी खाने चलन भइहाल्छ । त्यसैले यो काम बीचैमा न छोड्नुहोस् है कृष्णदाइ ! यो अभिव्यक्ति विश्वेश्वरप्रसाद कोइरालाको थियो । एउटा डुुब्न लागेको व्यक्तिलाई कोइरालाको यो अभिव्यक्ति मल्हम भएको छ ।

कोइरालाको यो भनाइपछि हिम्मत, आँट र साहस आएको कुरालाई कृतिकारले उल्लेख गरेका छन् । कृतिकार पिताले २००५ साल श्रावण १० गते पहिलोपटक नेपालमा कष्ण पाउरोटी उद्योग स्थापना भएको कुरालाई उल्लेख गरेका छन् । यो नेपालमा थालिएको पहिलो पाउरोटी व्यवसाय थियो । कलकत्ताबाट सिप सिकेर नेपालमा नै उद्योग सञ्चालन गर्ने पिता कृष्णबहादुर राजकर्णिकारको व्यवसायप्रति लेखक पूूर्णरूपमा नतमस्तक देखिएका छन् ।

सङ्घर्षको पर्याय कृष्ण पाउरोटी :
घनश्याम राजकर्णिकारले कृतिलाई सानो र मसिनो तरिकाले बाहिर ल्याएका छन् । लघुु आकारको कृति भए पनि २००५ सालदेखि कृष्ण पाउरोटी उद्योगले झेल्दै आएका समस्या र लम्कँदै गरेका प्रगतिपथका सन्दर्भहरूलाई गतिलो तरिकाले बाहिर ल्याएका छन् । जेठो छोरासित परेको ठाकठुकपछि व्यवसायबाट टाढा भएका कृष्णबहादुर राजकर्णिकार पुुनः घरमा आगमन भएपछि कृष्ण पाउरोटी उद्योगले सफलता पाएको कुरालाई राजकर्णिकारले मीठासपूर्ण तरिकाले कृतिमा राखेका छन् ।

एउटै बाबुुका चारभाई छोरा जन्मेर कर्मक्षेत्रमा प्रवेश गरेको भए पनि केही छोराहरूको व्यवहारबाट कृष्णबहादुर राजकर्णिकार कमजोर भएको कुरालाई उनले कृतिमा समाहित गरेका छन् । कृष्ण पाउरोटी उद्योग बन्द हुने अवस्थामा पुुगिसकेको कुरा उल्लेख गरिएको भए पनि त्यसलाई उकास्न घनश्याम राजकर्णिकारले खेलेको भूूमिका स्तुत्य रहेको छ । पाउरोटीका सञ्चालकहरूमा देखिएको इष्र्या, लोभ, लालचले उद्योग नै कमजोर भएको तथ्यलाई सजिलो तरिकाले कृतिमा कृतिकारले पस्केका छन् ।

पिताले आरम्भ गरेको व्यवसायमा कहिले पनि हात नझिक्ने मनसाय राखेका घनश्याम राजकर्णिकार धोती नटोपी भएको अवस्थालाई समेत उल्लेख गर्नुले आफूूले भोगेको तथा देखेको कुरालाई स्पष्ट तरिकाबाट यहाँ पस्किनुुले लेखक तटस्थ भन्ने तर्कलाई बल मिलेको छ । कहिले बाबुुछोरा, कहिले दाजुुभाइबीचको झगडामा कृष्ण पाउरोटी उद्योग थिचिएको, मिचिएको र पिसिएको कुरालाई लेखकले मार्मिक तरिकाबाट कृतिमा उल्लेख गरेका छन् । यो लेखकमा जागेको लेखकीय पहिचान पनि हो ।

यही पहिचानका कारण आज कृष्ण पाउरोटी नेपालको पहिलो पाउरोटी उद्योग बन्न सफल भएको पनि छ । विभिन्न बहानमा भएका आर्थिक अनियमिततालाई हेरिरहने कृष्ण पाउरोटी हालका सञ्चालक घनश्याम राजकर्णिकारको सहनशीलतालाई कृतिले सही तरिकाबाट बाहिर ल्याएको छ । हिम्मत नगरी हुुँदैन भन्ने आशयले आमूल परिवर्तन गरिएको कृष्ण यो उद्योग रुग्ण भएको थियो । रुग्ण उद्योगलाई बचाउनेभन्दा पनि पिताले आरम्भ गरेको पहिलो पाउरोटी उद्योगको दयनीय अवस्थालाई घनश्यामले तथ्यपूूर्ण तरिकाले बाहिर ल्याएका छन् । आफ्ना पिताले सञ्चालनमा ल्याएको उद्योग दिनप्रतिदिन धराशायी बन्दै गएको अवस्थालाई आफूले हेरिरहन नस्कनै कुुरालाई बाहिर ल्याउँदै राजकर्णिकार भन्छन् मैले अन्याय, अत्याचार सहनुुहुन्न भन्ने पूूर्खाको स्मरण गरेँ । आफू निडर बनेर एक दिन व्यवस्थापन विज्ञसित कुरा गरेँ । म आँटिलो बनेँ ।

पारिवारिकरूपमा देखिएको बेमेल भनौँ अथवा दूूधको तर चाट्ने बानीले गर्दा उद्योग नै बन्द हुने अवस्थामा रहेको कुरालाई निर्भीकतासाथ लेखकले राखेका छन् । लेखको निष्पक्षता र तटस्थतामाथि प्रश्न गर्ने अधिकार उनले छोडेका छैनन ।

सबल बाटामा उद्योग :
बन्द हुने अवस्थामा पुुगेको कृष्ण पाउरोटीले पुुनर्जीवन पाएको कुरालाई लेखकले नढाँटीकन कृतिमा राखेका छन् । २०७२ सालमा कृष्ण पाउरोटी उद्योग प्रा.ली. दर्ता गराएर आफैँ अध्यक्ष बनेर छोरीहरू प्रज्ञा, पूूजा र सृष्टिलाई सहभागी बनाएपछि उद्योगले मुहार फेरेको तथ्यलाई यहाँ कृतिकारले उल्लेख गरेका छन् । उनको उद्योग नेपालको पहिलो पाउरोटी उद्योग हो । यो उद्योगले विभिन्न हुरीबतास, आँधीबेहरी सहेको कुरालाई उनले तथ्यपूर्ण तरिकाबाट कृतिमा समावेश गरेका छन् । आजको अवस्थामा कृष्ण पाउरोटी उद्योगले आफ्ना पहिचान स्थापित गरेको छ ।

जीवन सङ्घर्ष हो । जीवन खुला मैदान हो । मैदानमा विचरण गर्दा पाइने असल र खराब पक्ष तथा जीवन भोगाइका क्रममा भोग्नुुपर्ने तीतो यथार्य यहाँ अभिव्यक्त भएको छ । त्यो अभिव्यक्तिमा घनश्याम राजकर्णिकारको सौम्य, गतिलो तथा मिजासिलो स्वभाव कारण बनेर आएको छ ।

पारिवारिक घटना वा परिवारमा देखिएको बेमेलका कारण व्यवसाय सञ्चालनमा परेको असरलाई पाठकसामुु ल्याउनुु चानचुुने कुरा थिएन । ती कुराहरूले समाज, परिवारलाई पनि बिथोल्ने सम्भावना सदा रहिरहेको हुुन्छ । पारिवारिक कुरा र घरायसी कुरालाई बाहिर ल्याउने सन्दर्भमा लेखक सारै चनाखो हुनुु आवश्यक मानिएको हुन्छ । लेखक आफ्ना पारिवारिक कुरालाई बाहिर ल्याउने सन्दर्भमा सारै सोच विचारमग्न हुनुु आवश्यक रहन्छ तर घनश्याम राजकर्णिकार त्यसरी बाहिर आएका छैनन् । उनले सत्यलाई बाहिर ल्याएका छन् । सत्यलाई बाहिर ल्याउने सन्दर्भमा पिताप्रतिको उनको आस्था र विश्वास गहकिलो तरिकाले प्रस्तुत भएको छ । कृतिकार घनश्याम राजकर्णिकारले जसरी यो कृतिबाट पितालाई चिनाएका छन् त्यसमा उनको लेखनी पनि प्रवाहपूूर्ण शैली लिएर बाहिर आएको छ ।

जीवन सङ्घर्ष हो । जीवन खुला मैदान हो । मैदानमा विचरण गर्दा पाइने असल र खराब पक्ष तथा जीवन भोगाइका क्रममा भोग्नुुपर्ने तीतो यथार्य यहाँ अभिव्यक्त भएको छ । त्यो अभिव्यक्तिमा घनश्याम राजकर्णिकारको सौम्य, गतिलो तथा मिजासिलो स्वभाव कारण बनेर आएको छ । साहित्यका फाँटमा यात्रा निबन्धकारका रूपमा स्थापित उनी उद्योगका क्षेत्रमा निडर बनेर उभिएका व्यक्ति हुुन् । उनको लेखक व्यक्तित्व जति सरल छ यो कृति अध्ययन गर्दा उद्योगपति व्यक्तित्व निडर छ । पिताले आरम्भ गरेको कृष्ण पाउरोटी उद्योगलाई गति दिने उनको मनसाय पुुर्खाले दिएको कुरालाई जीवन्त बनाउनुु पनि रहेको देखिन्छ ।

ससाना बयालिस उपशीर्षकमा समेटिएको प्रस्तुत कृति लघुुआकारको कृति हो । सरल भाषामा अभिव्यक्त भएका घनश्याम राजकर्णिकारको यो कृतिलाई कुन विधामा समेट्ने भन्ने पक्ष समालोचकीय सन्दर्भमा अप्ठ्यारो अवस्था रहेको देखिन्छ । आत्मश्लाघालाई पटक्कै मन नपराउने उनी र उनको यो कृतिले दिएको नवीन तथ्यलाई पाठकसामुु उजागार गरिएको छ । राणा दरबारमा प्रवेश गरेका हजुुरबुुबा तथा राणाहरूले गरेको विश्वासघातका कारण स्वदेशी उत्पादनमा रमाउने कृष्णबहादुुर राजकर्णिकारको परिश्रम तथा मिहिनेत स्तुुत्य छ । आफ्ना छोरीहरूको सहयोग लिएर अघि बढिरहेको कृष्ण पाउरोटी उद्योग नेपालको जेठो पाउरोटी उद्योगका रूपमा चम्किरहोस् भन्ने कामनासहित ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?