
काठमाडौं । भारतको अग्रणी कुरियर तथा लजिस्टिक्स कम्पनी डिटिडिसीले नेपालबाट पनि विश्वव्यापीरूपमा आफ्नो सेवा विस्तारको घोषणा गरेको छ । कम्पनीले बुधबार एक कार्यक्रम आयोजना गरी नेपालको लजिस्टिक्स कम्पनी युनिभर्सल एक्सप्रेस प्रालिसँग रणनीतिक साझेदारी गरेको हो । डिटिडिसी अष्ट्रेलियाका वरिष्ठ प्रतिनिधि पिनाकी चटर्जीले नेपालमा डिटिडिसीको विस्तारलाई विश्वव्यापी लजिस्टिक्स सञ्जाललाई अझ सशक्त बनाउने महत्वपूर्ण कदमका रूपमा रहेको बताउनुभयो । साझेदारीमार्फत् डेलिभरी समय छोट्याउने, ट्र्याकिङ प्रणाली सुधार गर्ने र नेपाल हुँदै विश्वका विभिन्न मुलुकमा ढुवानी प्रक्रिया सहज बनाउने लक्ष्य राखिएको छ ।
नेपालमा मजबुत सञ्जाल भएको युनिभर्सल एक्सप्रेसले डिटिडिसीलाई विश्वव्यापी सञ्जाल विस्तार गर्न, सेवा गुणस्तर सुधार गर्न र अन्तर्राष्ट्रिय ढुवानी अझ प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । डिटिडिसीको नेपाल प्रवेशले विश्वव्यापी कुरियर तथा लजिस्टिक्स क्षेत्रमा नयाँ तरंग ल्याउने र अन्य सेवा प्रदायकलाई पनि सेवा सुधार गर्न प्रेरित गर्ने बताइएको छ । नेपाल हुँदै विश्वव्यापी व्यापार तथा ढुवानी सेवालाई विस्तार गर्ने डिटिडिसीको रणनीतिक कदम लजिस्टिक्स क्षेत्रमा नयाँ युगको सुरुवात हुने विश्वास गरिएको डिटिडिसी नेपाल कार्यकारी प्रमुख किरण श्रेष्ठले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच