
बद्रीप्रसाद शर्मा
जोखिम परिस्थितिका बालबालिका भन्नाले विभिन्न कारण जस्तै शारीरिक, मानसिक, भावानात्मक वा सामाजिक अवस्था संकटपूर्ण भई सामान्य सुरक्षा अवस्थाभन्दा बाहिर रहेका बालबालिका जनाउँछ । उनीहरू सम्भावित अनिष्टको सिकार बन्नसक्ने अवस्थालाई ध्यान पु¥याउँदै नियन्त्रणका लागि समयमै सावधानी अपनाउनु अभिभावक तथा संरक्षकको कर्तव्यभित्र पर्छ । बालबालिकालाई उपयुक्त नहुने परिस्थितिजन्य असुरक्षित वातावरण पहिचान गरी बालनुकुलित वातावरण निर्माण गर्न र उनीहरूको समग्र विकासलाई ध्यान दिन अवश्यक हुुन्छ ।
जोखिम परिस्थितिका बालबालिका विभिन्न अवस्थामा रहने गर्छन् । मुख्यतः सडक अवस्थाका बालबालिका जो खुला सडकमा बस्ने वा काम गर्ने, घरपरिवारबाट टाढा रहेका वा बेवारिसे भएका, खानपान, स्वास्थ्य र सुरक्षाको अभावमा रहेका हुनसक्छन् । अर्को स्थिति बालश्रममा संलग्न रही कारखाना, होटल, घरायसी काम, इँटा उद्योग, खानी, यातायात आदि क्षेत्रमा जोखिमपूर्ण श्रम गर्ने, कम उमेरमै आर्थिक रूपमा शोषण गरिएका बालबालिका हुन् भन्न सकिन्छ ।
परिवारमा अशान्ति, घरेलु हिंसा वा दुव्र्यवहार (शारीरिक, मानसिक, यौनजन्य) बालबालिकाका लागि जोखिमयुक्त हुन्छ । अभिभावकको असंलग्नता वा लापरबाहीले उनीहरू आफूलाई असुरक्षित महसुस गर्न सक्छन् । शारीरिक वा यौनजन्य हिंसा घर, विद्यालय वा समुदायमा उनीहरूले सामना गर्नुपर्छ भने उनीहरू अझ गम्भीर जोखिममा पर्छन् ।
बालश्रम कानुनी रूपमा प्रतिबन्धित भए पनि जबरजस्ती काममा लगाइएका बालबालिका र बालयौन शोषण वा तस्करीमा परी जबरजस्ती यौन व्यवसायमा लगाइएका, मानव बेचविखनको सिकार भएका, यौनशोषण वा दुव्र्यवहार झेलिरहेका वा हिंसामा परेका बालबालिका जो घर, विद्यालय वा समाजमा मानसिक, शारीरिक वा यौन दुव्र्यवहार भोगिरहेका हुनसक्छन्, उनीहरू पक्कै जोखिम परिस्थितिका बालबालिका हुन् । कोही पारिवारिक हिंसाका कारण सुरक्षित वातावरणबाट वञ्चित भएका, बालविवाहको चपेटामा परी भविष्य नै अन्यौलपूर्ण भएका हुन्छन् ।
अर्को अवस्थामा अनाथ वा परित्यक्त भएका जोखिम परिस्थितिका बालबालिका हुन्, जसका बाबुआमा वा अभिभावकको निधन भएको, परिवारले त्यागेका वा हेर्नसक्ने अवस्थामा नरहेको, दीर्घकालीन पुनस्र्थापनाको आवश्यकता परेका बालबालिका हुनसक्छन् । द्वन्द्व वा विपद् प्रभावित बालबालिका पनि जोखिम परिस्थितिका बालबालिका हुन्, जो युद्ध, प्राकृतिक प्रकोप (भूकम्प, बाढी, आगलागी) वा अन्य विपद्ले प्रभावित भएका, विस्थापित भई असुरक्षित अवस्थामा रहेका, राहत, पुनस्र्थापना वा विशेष सुरक्षा आवश्यक भएका हुन्छन् । मदिरा वा लागूऔषध प्रयोग गर्ने बालबालिका जो लागूऔषध, मदिरा वा अन्य नशालु पदार्थको लत लागेका र अस्वस्थकर जीवनशैली अपनाइरहेका हुन्छन्, जसलाई पुनस्र्थापनाका लागि विशेष परामर्श वा उपचार आवश्यक पर्न जान्छ ।
शिक्षा र स्वास्थ्य सेवाबाट वञ्चित बालबालिका, जो विद्यालय नजाने वा पढाइ छोडेका, आधारभूत स्वास्थ्य सेवा नपाएका कारण पोषण अभाव वा दीर्घरोगबाट पीडित भएर कमजोर भएका हुन्छन्, उनीहरू पनि जोखिम परिस्थितिका बालबालिका हुन्, जो विभिन्न कारण समाजमा असुरक्षित महसुस गर्छन् । शिक्षाबाट वञ्चित भएर उनीहरू गरिबीको दुष्चक्रमा फस्न सक्छन् । उनीहरूको शारीरिक, मानसिक, सामाजिक र भावनात्मक विकास अझै अपूर्ण भएकाले जोखिमको सामना गर्न कमजोर हुन्छन् । घरपरिवारको असहज अवस्था, गरिबी, बेरोजगारी वा आर्थिक संकटका कारण बालबालिका आधारभूत आवश्यकताबाट वञ्चित हुन सक्छन् ।
परिवारमा अशान्ति, घरेलु हिंसा वा दुव्र्यवहार (शारीरिक, मानसिक, यौनजन्य) बालबालिकाका लागि जोखिमयुक्त हुन्छ । अभिभावकको असंलग्नता वा लापरवाहीले उनीहरू आफूलाई असुरक्षित महसुस गर्न सक्छन् । शारीरिक वा यौनजन्य हिंसा घर, विद्यालय वा समुदायमा उनीहरूले सामना गर्नुपर्छ भने उनीहरू अझ गम्भीर जोखिममा पर्छन् । त्यसमा पनि उचित शिक्षा नपाउँदा उनीहरूको भविश्य जोखिममा पर्न सक्छ । जबरजस्ती मजदुरी गराइने वा सानै उमेरमा विवाह गराइने बालबालिकाहरूको भविष्य जोखिमपूर्ण हुन्छ । अभिभावक वा समाजबाट अपेक्षा अनुरूपको माया वा संरक्षण नपाउँदा तनाव, डिप्रेसन, वा आत्महत्या गर्ने मानसिक स्वास्थ्य समस्या सम्भावना बढ्न सक्छ ।
साइबर बुलिङ वा सामाजिक बहिष्करणले उनीहरूको आत्मविश्वास गुम्न सक्छ । प्राकृतिक तथा मानव निर्मित प्रकोप भूकम्प, बाढी, डढेलो जस्ता प्राकृतिक विपत्तिले बालबालिकालाई असहाय बनाउन सक्छ । युद्ध, दंगा वा द्वन्द्वका कारण बालबालिकाहरू विस्थापित भई जोखिममा पर्न सक्छन् । अनलाइन ठगी, साइबर बुलिङ, अनलाइन शोषण तथा हानीकारक सामग्रीले उनीहरूको मानसिक विकासमा प्रतिकूल असर पार्ने जानकारहरूले बताउने गरेका छन् । बालबालिकाले सामना गर्नुपर्ने राजनीतिक जोखिम विभिन्न प्रकारका छन् । यस्ता जोखिम देशको राजनीतिक, सामाजिक तथा आर्थिक अवस्थाका आधारमा फरक पर्न सक्छन् ।
गृहयुद्ध, राजनीतिक अस्थिरता वा जातीय/साम्प्रदायिक द्वन्द्वको सिकार बालबालिका बन्न सक्छन् । यस्ता द्वन्द्वले उनीहरू विस्थापित हुन सक्छन्, शारीरिक तथा मानसिक यातनाको जोखिम रहन्छ । केही सशस्त्र समूह वा सरकार समर्थित सेनाले जबरजस्ती बालबालिकालाई आफ्नो समूहमा भर्ती गराउन सक्छन् । जसले उनीहरूको बाल्यकाल समाप्त गर्दै उनीहरूलाई हिंसात्मक कार्यमा संलग्न गराउन सक्छ । शैक्षिक अवसरबाट वञ्चित हुनु, राजनीतिक अस्थिरता, हड्ताल, आन्दोलन वा युद्धका कारण विद्यालय बन्द हुन सक्छन् । राजनीतिक अस्थिरता भएका ठाउँमा बालबालिका मानव तस्करीको सिकार बन्न सक्छन् । जबरजस्ती श्रम, यौन शोषण वा अन्य गैरकानुनी कार्यमा प्रयोग गरिन सक्छ ।
दमनकारी शासन वा अधिनायकवादी सरकारले बालबालिकाका अधिकार हनन गर्न सक्छ । स्वतन्त्र विचार व्यक्त गर्न नपाउनु, बालमैत्री नीति नहुनु, आधारभूत सेवा (स्वास्थ्य, शिक्षा) मा पहुँच नहुनु आदि समस्या हुन सक्छन् । बालबालिकालाई सानैदेखि कुनै विशेष राजनीतिक वा वैचारिक धारमा धकेल्न सकिन्छ । जसले उनीहरूको स्वतन्त्र सोच्ने क्षमतामा असर गर्न सक्छ । राजनीतिक कारण उत्पन्न हिंसाले बालबालिका परिवारसहित शरणार्थी बन्न सक्छन् । शरणार्थी शिविरमा उनीहरू आधारभूत सेवाबाट वञ्चित हुन सक्छन् । राजनीतिक अस्थिरता वा द्वन्द्वका कारण बालबालिका प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा प्रभावित हुन्छन् । उनीहरूको शिक्षा, स्वास्थ्य, सुरक्षा तथा समग्र भविष्य नै जोखिममा पर्न सक्छ । त्यसैले बालबालिकामैत्री नीति, स्थायीत्व, शान्ति र कानुनी संरक्षण अत्यावश्यक हुन्छ ।
जोखिम परिस्थितिका बालबालिकाको समस्या समाधानका लागि अभिभावक तथा समाजले जिम्मेवारीबोध गर्दै सुरक्षित वातावरण प्रदान गर्नुपर्ने देखिन्छ । बालबालिकालाई शिक्षा र सचेतनाका माध्यमबाट जोखिमबारे जानकारी दिनुपर्ने, बालअधिकारका लागि व्यवस्था गरिएका कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने, उनीहरूको मानसिक तथा सामाजिक विकासलाई मनोरञ्जन र सिर्जनात्मक गतिविधिमार्फत प्रवद्र्धनलगायत बालबालिकालाई जोखिमबाट जोगाउन सबै अभिभावक, शिक्षक, सरकार तथा समाजले एकसाथ काम गर्न आवश्यक छ । (शर्मा सडक बालबालिका संस्थामा आबद्ध हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच