
रुपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिकाभित्रका सडक सफा र हरियालीमात्र होइन सडक डिभाइडरमा लगाएको फूल फुलेर रंगीचंगी बनेको छ । नगरभित्रको ६ लेन सडक निर्माण भएलगत्तै सडक बत्तीले रातिको समयमा झिलिमिली देखिने सडक दिउँसोको समयमा हरियाली बोटबिरूवा र ढकमक्क फुलेका रंगीचंगी फूलहरूले आकर्षक बनेको छ ।
सडक बीचमा रहेको डिभाइडरमा विद्युतीय पोल, बुद्धमूर्ति र मौसमी फूलहरू फुलेर रातै र पहेलै देखिएको छ। ‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ नारासहित नगरक्षेत्रलाई सरसफाइसँगै हरियाली बनाउने अभियान सुरू गरेको नगरपालिकाले खाली रहेका सार्वजनिक जग्गा, कुलो, नहर तथा सडकका किनारहरूमा विभिन्न बोटबिरूवा लगाएको छ भने ६ लेन सडक क्षेत्रमा फूल रोपेर आकर्षक बनाएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने तिलोत्तमा नगरभित्रको १४ किलोमिटरको सडक क्षेत्रभित्र भने एकै प्रकारका बोटबिरूवा र फूल रोपिएका छन्।
सर्भिस लेनतर्फको ग्रिनरीमा स्टोनिया, निम लगायत बाह्रै महिना हरियै रहने बोटबिरूवाले हरियै देखिँदा मुख्य सडकको डिभाइडरमा भने विभिन्न रङमा फुल्ने बेगनबेली लगाइएको छ। घरसँगै सडक, चोक, बगैंचा, पार्क लगायतका सार्वजनिक स्थानमा पनि बेगनबेली प्राथमिकतामा पारिएको नगरप्रमुख रामकृष्ण खाँणले बताउनु भयो । तिलोत्तमासंगै बुटबल सिदार्थनगरपालिकाले पनि यो अभियानलाई तिब्रता दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच