लागुऔषधसहित ६ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । कैलालीकाे लम्कीचुहा नगरपालिका-९ सोहनपुरबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १० ग्राम २ सय ८० मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत लखिनपुर खिरी निघासन तिकुनिया बस्ने २४ वर्षीय गुर्वेन्द्र सिंह र २१ वर्षीय कुलदिप सिंह रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले युपि ३१ बीवाई ४९२४ नम्बरको मोटरसाइकल रोकी शंकास्पद रूपमा बसिरहेको अवस्थामा दुवै जनालाई तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-१० तिघरीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्रामसहित बर्दगोरिया गाउँपालिका-२ बस्ने २६ वर्षीय सुनिल कुमार चौधरीलाई ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

सर्लाही, कौडेना गाउँपालिका-१ बस्ने ५० वर्षीय बिहारी राउतलाई अवैध लागूऔषध गाँजा २ केजी ३ सय ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध गाँजा लुकाई राखेको भन्ने सूचनाको अधारमा प्रहरी चौकी सुन्दरपुर र ईलाका प्रहरी कार्यालय चक्रघट्टाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त गाँजा पेला पारी उनलाई पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलडाँडी गाउँपालिका-२ क्याम्पबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय २० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका-२ उल्टाखाम बस्ने २७ वर्षीय राजु चौधरी र सोही नगरपालिका-१९ बागफाटा बस्ने २० वर्षीय अमित चौधरी रहेका छन् । विशेष सूचनाको आधारमा उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?