पाल्पामा ७० वर्षीय वृद्ध मृत फेला

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 1 min

पाल्पा । पाल्पाको रामपुरमा एक वृद्ध मृत फेला परेका छन् । मंगलबार विहान रामपुर नगरपालिका-३, चनौलीका ७० वर्षीय नरबहादुर गुरुङ सडक नालीमा मृत फेला परेका हुन् ।

आफ्नै घर नजिकै कच्ची सडकको नालीमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मृत फेला परेको सूचना पाउनासाथ प्रहरी चौकी केलादी र इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी अनुसन्धान अधिकृतसहितको टोली खटिई प्रारम्भीक अनुसन्धानपछि शवलाई पोष्टमार्टको लागि रामपुर अस्पताल पठाइएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?