
स्ववियू सभापतिमा नेविसंघका प्रमोद भण्डारी निकटतम प्रतिष्पर्धी भन्दा झन्डै दोब्बर मत प्राप्त गरि निर्वाचित हुनुभएको छ । यो क्याम्पस जिल्लाको दोस्रो ठूलो क्याम्पस हो ।
सभापतिमा निर्वाचित भण्डारीले ७३७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिष्पर्धी संयुक्त बिद्यार्थी प्यानलका सभापति पदका उम्मेदवार लेखमणी खत्री (लक्ष्मण)ले ३८९ मत प्राप्त गर्नुभयो । भण्डारीले निकटतम प्रतिष्पर्धी खत्री भन्दा झन्डै दोब्बर ३४८ मत बढी प्राप्त गर्नुभयाे ।
बबई क्याम्पसको स्ववियू सभापतिमा दुई स्वतन्त्रसहित चार जनाको बीचमा प्रतिष्पर्धा भएको थियो । स्वतन्त्र दुई उम्मेदवार मध्य कोमलबहादुर वली (केबी) ले १३७ र कृष्ण केसी (डेभिड खत्री) ले जम्मा २९ मत मात्रै प्राप्त गर्नुभयो ।
सचिव पदमा पनि नेविसंघका टोपबहादुर वली ६१२ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ। संयुक्त बिद्यार्थी प्यानलकी सचिब पदका उम्मेदवार सोनिया थापाले ५६५ मत प्राप्त गर्नुभयो । उहाहरु बीचको मतान्तर ४७ छ ।
यि दुईका बीचमा सुरु देखि नै रोमाञ्चक प्रतिष्पर्धा चलेको थियो । त्यस्तै सचिव पदका स्वतन्त्र उम्मेदवार अङ्किता डाँगीले जम्मा ५७ मत मात्रै प्राप्त गर्नुभयो ।
कोषाध्यक्ष पदमा पनि नेविसंघकी उम्मेदवार शिक्षा नेपाली ५६२ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ । संयुक्त बिद्यार्थी प्यानलका तिलकराज डाँगीले ४४७ र स्वतन्त्रका आसिक मियाँले जम्मा ९५ मत प्राप्त गर्नुभयो । प्रत्यक्षतर्फको सददस्य पदहरुमा पनि नेविसंघकी मनिषा चौधरीले – ७६२ , रुपेश चौधरी – ७५४, यामकुमारी भण्डारी ७४६ , सञ्जिब चौधरी –७१४, ममता वली – ७३९, करुणा नेपाली – ७१५ र लक्ष्मण वलीले – सर्वाधिक बढी ८२५ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ।
संयुक्त बिद्यार्थी प्यानलका प्रत्यक्ष तर्फ सदस्य पदका उम्मेदवारहरु मध्य नेबबहादुर भण्डारी (नबीन)ले –४८६, कबि सेन सिन – ४९५, प्रेम केसी –४६८, दिलिप शर्मा (दीपक) –५५३, अनिता खड्का –४६४ र तुलसीराम भण्डारीले –४९० मत प्राप्त गर्नुभयो ।
निर्वाचन समितिका सूचना अधिकारी प्राध्यापक चमन धितालका अनुसार क्याम्पसमा अध्यनरत ३३१४ बिद्यार्थी मध्य जम्मा १४१७ जना मात्रै मतदानमा सहभागी भए । १८९७ बिद्यार्थी मतदान गर्न आएनन् । खसेको मत साढे ४१ प्रतिसत मात्रै हो ।
स्ववियू निर्वाचन हुनु पर्ने २५ क्याम्पसहरु मध्य मंगलबार जिल्लाका तीन वटा क्याम्पसहरुमा मतदान भएको थियो ।
निर्वाचन भएका मध्य लमहीस्थित देउखुरी बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा स्वतन्त्र विद्यार्थीले क्लिन स्वीप गरेको थियो ।
ठूला राजनीतिक दलहरुका संगठनहरुलाई परास्त गर्दै ‘स्वतन्त्र विद्यार्थी परिवार’का तर्फका उम्मेदवारी दिएका सबै उम्मेदवार निर्वाचित भएका हुन । स्वतन्त्रका सभापति पदका उम्मेदवार मिलन चौधरी ४४६ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ ।
निकटतम प्रतिष्पर्धी अखिल संयुक्तका शम्भु जिसीले २५७ मत प्राप्त गर्नुभयो । चौधरी जिसी भन्दा १८९ मत बढी प्राप्त गरि निर्वाचित हुनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच