
काठमाडौं । क्यानडास्थित शेरिडन कलेजले औद्योगिक सीप र दक्षतामूलक अध्ययनमा केन्द्रित कार्यशाला आयोजना गरेको छ । शेरिडन कलेजले मार्च १८ मा काठमाडौं र मार्च १९ मा पोखरामा जानकारी ओथ नेटवर्किङ प्रोग्राम आयोजना गरेको हो ।
आयोजकका अनुसार कार्यक्रममा नेपाली विद्यार्थी, अभिभावक तथा शिक्षासम्बन्धी परामर्शदाताको सहभागिता थियो । कार्यक्रममा शेरिडन कलेजका प्रेसिडेन्ट डा. जानेट मोरिसन, एसोसिएट भाइस प्रेसिडेन्ट अफ ग्लोबल इन्गेन्जमेन्ट जासन रोल्स, रेजिनल मेनेजर फर साउथ एसिया कोरी स्यामुल्स-सिनियर रिक्रुटमेन्ट एडभाइजर फर नेपाल एण्ड बंगलादेश नितेशजंग कार्कीको सहभागिता थियो ।
उनीहरूले शेरिडन कलेजमा अध्ययनका अवसर, छात्रवृत्ति, विद्यार्थी समर्थन सेवा तथा क्यानडामा रोजगारका सम्भावनाबारे जानकारी दिएका थिए । शेरिडन कलेजका प्रतिनिधिहरूले कलेजको विश्वव्यापी दृष्टिकोण, उद्योगसँग सम्बन्धित कार्यक्रम तथा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि उपलब्ध शैक्षिक अवसरबारे जानकारी गराउँदै नेपालसँगको शैक्षिक साझेदारी थप सशक्त बनाइने बताएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच