सरकारले चैत ९ गते प्रथम राष्ट्रिय पानी सम्मेलन गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । नेपाल सरकारले चैत ९ गते प्रथम राष्ट्रिय पानी सम्मेलन-२०२५ आयोजना गर्ने भएको छ ।

शुक्रवार काठमाडौंमा जल तथा ऊर्जा आयोगले पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी दिएको हो । सम्मेलन चैत्र ९ र १० गते दुई दिनसम्म सञ्चालन हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै जल तथा ऊर्जा आयोगको सचिवालयका प्रवक्ता कलानिधि पौड्यालले नेपालले जलस्रोतको दीगो व्यवस्थापन र विकासलाई सुनिश्चित गर्नुपर्ने बताउनु भयो ।

उहाँले जलवायु परिवर्तनका असरलाई न्युनिकरण गर्दै जलस्रोतको उपभोगका लागि स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी बिस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबैको सहकार्यबिना जलस्रोत तथा मौसमसम्बन्धी चुनौतीहरुको सामना गर्न नसकिने बताउनु भयो ।  दीगो जलस्रोत व्यवस्थापन र जलवायु अनुकुल रणनीतिहरु कार्यान्यन गर्न सरकार अग्रसर रहेको उहाँको भनाइ छ ।

पानीको बहुउपयोगबाट देशको आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुग्ने भएकाले पानीको महत्वका बारेमा सम्बन्धित विज्ञहरुसँग छलफल गर्न सम्मेलन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । कार्यक्रममा जलस्रोतको अन्तरदेशीय सहकार्य तथा जलस्रोत उपयोगमा रहेका चुनौतीका बारेमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?