
चञ्चल कुमार झा
रौतहट । अध्यक्षको पद मोहले रौतहट उद्योग वाणिज्य संघ संकटमा पर्न थालेकाे महासचिव रबिन्द्र गोपालीले आरोप लगाउनुभएकाे छ । पदाधिकारीहरुको एक अर्का माथिको आरोप प्रत्यारोपले रौतहट उद्योग वाणिज्य संघ संकटमा पर्ने जाेखिम बढेकाे हाे । निर्वाचित पदाधिकारीहरुको कार्यकाल सकिने लाग्दा पनि पदको मोहले सधारण सभाकाे मिति अहिले सम्म पनि ताेकिएकाे छैन् ।
संघको महासचिवले चैत २३ गते सधारण सभा अह्वान गरे पनि अध्यक्ष पक्षले आफ्नो सहभागिता न हुने जनाएको छ । नेपाल पत्रकार महासंघ रौतहट शाखाको सभा हलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका महासचिव रबिन्द्रनाथ गोपालीले रौतहट उद्योग वाणिज्य संघको अध्यक्ष पण्डित प्रसाद जयसवालको पद मोहको कारणले संघको निर्वाचन लम्बिदै गएको आरोप लगाउनु भएकाे छ।
हामीले पटक पटक विभिन्न माध्यमबाट तथा भेटेर पनि अध्यक्षलाई आग्रह गर्दा पनि उहाँले हाम्रो कुरालाई अटेर गर्दै कार्यकाल लम्ब्याउने पक्षमा लाग्नु भएको महासचिव गोपालीले आरोप लगाउनुभयाे । अध्यक्षलाई जति भन्दा पनि कुनै निकास न निकाल्दा बाध्य भएर विधानलाई टेकेर सधारण सभा अह्वान गरेको उहाँकाे भनाइ छ । कुनै पनि हालतमा चैत २३ गतेको लागि अह्वान गरिएको सधारण सभा गरेर संघको निर्वाचन गर्ने उहाँले बताउनुभयाे ।
उद्योग वाणिज्य संघ रौतहटमा महिनौ देखि ताल्चा लागेको कुरा बजारमा हल्ला रहेकोमा त्यस्तो न रहेको भन्दै विहेवारीको समयमा एक दुइ दिन बन्द हुनु स्वाभाविक हो तर बजारमा हल्ला रहेको जस्तो कार्यालयमा ताल्चा नलागेको उहाँले स्पष्ट गर्नुभयो ।
तीन वर्षे कार्यकालमा दुई वर्षको लेखापरिक्षण तथा नविकरण भएको तर एक वर्षको न त लेखा परिक्षण नै भएको हो न त संस्था नविरण नै भएको हो । अहिले सम्म किन लेखापरिक्षण भएन भन्ने पत्रकारहरुको प्रश्नमा महासचिव गोपालीले कार्यालय सम्बन्धि सम्पुर्ण कागजात अध्यक्षसँग रहेको र पटक पटक आग्रह गर्दा पनि संस्था नै नविकरण नगराएर आफ्नो कार्यकाल लम्ब्याउने पक्षमा रहनु भएको गम्भिर आरोप समेत लगाउनुभयो ।
रौतहट उद्योग वाणिज्य संघको महासचिव गोपालीको पत्रकार सम्मेलन लगत्तै नेपाल पत्रकार महासंघकै सभा हलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पण्डित प्रसाद जयसवालले महासचिवद्वारा लगाइएको आरोप निराधार रहेको बताउनुभयो । कार्यकाल लम्ब्याउने आफ्नाे कुनै पनि उद्धेश्य नरहेको स्पष्ट गर्दै उहाँले व्यक्तीगत रूपमा कसैसँग द्वेस नरहेको बताउनुभयो ।
संघको सदस्य बन्न आवश्यक कागजात सहित कार्यालयमा निवेदन दिनु पर्ने विधानमा उल्लेख रहेकाेमा महासचिबले विधान विपरित एउटा रसिदको भरमा सदस्यता बाँडेकाे आरोप लगाउँदै नियम विपरित कुनै पनि सदस्यता मान्य नहुने जानकारी गराउनुभयोे ।
अध्यक्ष जयसवालले कार्यसमितीले सदस्यता नविकरणको लागि मात्र निर्णय गरेमा निर्णय विपरित धमाधम नयाँ सदस्यता वितरण भएको प्रति आपत्ति समेत समेत जनाउनुभयाे ।संघ भित्र रहेको विवाद कसरी समाधान गर्नु हुन्छ भन्ने प्रश्नमा अध्यक्ष जयसवालले आफु सदैव समाधानको लागि तयार रहेको बताउँदै सबै जना मिलेर संघको गरिमा बचाउन प्रयास गर्नुपर्ने बताउनुभयाे ।
अहिले उद्योग बाणिज्य संघ दुईधारमा रहेको र समयमा विधानले तोके बमोजिम कार्य हुन न सक्दा स्थानिय व्यापारीहरु चिन्तित बनेका छन् । अध्यक्ष र महासचिव एक अर्का प्रतिको आरोप प्रत्यारोपले गर्दा संघ समयमा विधानले तोके बमोजिम कार्य गर्न सकिरहेको छैन् ।
यति मात्रै नभई उद्योग वाणिज्य संघ रौतहट शाखाका अध्यक्ष र महासचिवको मनोमानी कारण पदाधिकारीहरु सहितका सदस्यहरुले फागुन २५ गते जिल्ला प्रशासन कार्यालय रौतहट सहित विभिन्न निकायमा विधान विपरित कार्य गरिरहेकोले कानुन बमोजिम कारवाहीको लागि निवेदन समेत दिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच