
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतबार दुई खेल हुँदैछन् । पहिलो खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ । यो खेल नेपाली समय अनुसार आइतबार दिउँसो ३ः४५ बजे हैदरावादमा सुरु हुनेछ ।
दोस्रो खेलमा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स प्रतिस्पर्धा गर्दैछन् । यो खेल आइतबार साँझ ७ः४५ बजे चेन्नईमा सुरु हुनेछ । आइपीएल २०२५ शनिबार सुरु भएको हो ।
उद्घाटन खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध शानदार जित निकाल्दै रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुवात गरेको छ ।
कोलकातालाई ७ विकेटले हराउँदै बैंगलुरुले विजयी सुरुवात गरेको हो । शनिबार साँझ कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा भएको खेलमा सुरुमा ब्याटिङ गरेको कोलकाताले दिएको १७५ रनको लक्ष्य बैंगलुरुले १६.२ ओभरमा मात्र ३ विकेट गुमाए १७७ रन बनाउँदै पूरा गरेको हो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच