भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्पोर्टको पार्किङस्थलमा एक व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
प्रहरीकाअनुसार मृतक ६६ वर्षीय ओम प्रकाश राई हुन्, जो खोटाङको केपिलासगढी गाउँपालिका-२ घर भई हाल बोडेमा बस्दै आएका थिए । कवाडी सामग्री संकलन गर्ने उनी आइतबार बिहान ५:५५ बजे टाउको र दायाँ कान नजिकै चोट लागेको अवस्थामा मृत अवस्थामा फेला परेका थिए ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) ढुण्डीराज नेउपानेका अनुसार घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ । उहाँले मृतकको मृत्युको कारण खुल्न बाँकी रहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच