
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्पोर्टको पार्किङस्थलमा एक व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।
प्रहरीका अनुसार मृतक ६६ वर्षीय ओम प्रकाश राई हुन्, जो खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भई हाल बोडेमा बस्दै आएका थिए। कवाडी सामग्री संकलन गर्ने उनी आइतबार बिहान ५ः५५ बजे टाउको र दायाँ कान नजिकै चोट लागेको अवस्थामा मृत अवस्थामा फेला परेका थिए।
प्रहरीका अनुसार शनिबार मात्रै राईको शव भेटिएको ठाउँ नजिकै लामाहरुले पूजापाठ गरेका थिए । पूजापाठको भेटी टिप्न उनीहरु शनिबार साँझ उक्त ठाउँमा पुगेको हुनसक्ने प्रहरीको आशंका छ ।
मृतक राई यसअघि उक्त ठाउँमा भेटी टिप्न जाने गरेको पाइएको छ । शनिबार पनि पूजापाठ भएकाले भेटी टिप्न गएको हुनसक्ने देखिन्छ । भेटी टिप्ने क्रममै विवाद भएपछि हत्या भएको हुनसक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
उनको शव भक्तपुर दुवाकोटस्थित केएमसी अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्रनाउ) ढुण्डीराज नेउपानेका अनुसार घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच