
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले प्रमुख तीन दल नै राजा ल्याउने षड्यन्त्रमा लागेमा लागेको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ ।
उहाँले नेपाल विद्युत प्राधिकरणको महानिर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेपछि सामाजिक सञ्जालमार्फत यस्तो आशंका व्यक्त गर्नुभएको हो ।
देशमा लोकप्रिय रहेका,भइरहेका सबैमाथि एक–एक गरी हमला गर्दै नेपाली काँग्रेस, नेकपा (एमाले), र माओवादीले नै ‘बर्डेन शिफ्टिङ’ का लागि राजा ल्याउने गरी माहोल बनाउँदै षड्यन्त्र गरेका हुन् कि ? भन्दै उहाँले प्रश्न गर्नुभएको छ ।
डा राउतले राजावादीहरूको आन्दोलनलाई धेरै महत्व दिएर सरकारले नै माहोल बनाइदिएको, अझ पूर्व राजालाई पक्राऊ गर्ने भ्रमपूर्ण हल्ला फिँजाएर केही जनतालाई झन् आक्रोशित बनाएको आरोप लगाउनु भएको छ ।
चैत्र १५ गते समाजवादी मोर्चाले प्रदर्शन गर्ने भनेर मुठभेडको वातावरण बनाइदिएको भन्दै उहाँले सरकारले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई भित्तामा पुर्याउने गरी चिढ्याएको, मधेश र थरूहटबाट उदाएका शक्तिहरूलाई मेटाउने गरी विधेयक ल्याउन लागेको जस्ता आरोप पनि लगाउनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच