
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार अर्को हाइ स्कोरिङ खेलमा पन्जाब किङ्सले गुजरात टाइटनलाई ११ रनले हराएको छ। सुरुमा ब्याटिङ गरेको पञ्जाबका लागि कप्तान श्रेयास ऐयारले कप्तानी पारी खेल्नुभयाे । उहाँले अविजित रहँदै ४२ बलमा ९७ रन बनाउनुभयाे । उहाँ शतकका लागि मात्र तीन रनले चुक्नुभयाे । सुरुमा ब्याटिङ गरेको पञ्जाबले दिएको २४४ रनको लक्ष्य पछ्याएको गुजरात २३२ रनमा समेटिएको हो।
२४४ रनको लक्ष्य पछ्याएको गुजरातले ५ विकेट गुमाउँदै २३२ रन मात्र जोड्दा पञ्जाब ११ रनले विजयी भयो। गुजरातका साइ सुदर्शनले ४१ बलमा ७४ रन र कप्तान शुभमन गिल १४ बलमा ३३ रन जोडेर आउट हुनुभएकाे थियाे ।
सेफन रुदरफोर्डले २८ बलमा ४६ रन बनाउँदा जोस बटलरले ३३ बलमा ५४ रन बनाउनुभयाे । आर्सदीप सिंहले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिनुभयाे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले ५ विकेटको क्षतिमा २४३ रन जोडेको थियो। पञ्जाबका लागि कप्तान ऐयारले अविजित रहँदै ४२ बलमा ९७ रन जाेड्नुभयाे । उहाँकाे पारीमा ५ चौका र ९ छक्का समावेश थियो।
यसैगरी पञ्जाबका लागि शशांक सिंहले नटआउट १६ बलमा ४४ रन बनाउनुभयाे । उहाँकाे पारीमा ६ चौका र २ छक्का समावेश थियो। यसअघि प्रियांश आर्यले पारीको सुरुवात गर्दै २३ बलमा ४७ रन बनाउनुभयाे । गुजरातका साइ किशोरले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिनुभयाे ।
यो खेलसँगै आईपीएल यो जितको पहिलो खेल सबै टिमले खेलिसकेका छन्। पहिलो खेलमा सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंग्लोरु, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र पञ्जाब किंग्स विजयी हुँदा गुजरात टाइटन, लखनउ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, कोलकोत्ता किंग्स राइडर्स र राजस्थान रोयल्सले पराजयबाट खेलको सुरुवात गरेका छन्।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच