कर्णाली नदी किनारमा बेवारिसे शव फेला

कालीकोट । कर्णाली नदीको किनारमा एक बेवारिसे अवस्थामा शव फेला परेको छ । बुधबार बिहान करिब ८:५५ बजे नरहरिनाथ गाउँपालिका-१ लालिघाट नजिकै शव देखिएको जानकारी टेलिफोनमार्फत् प्रहरी चौकी लालुखुलालुमा पुगेपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरी हवल्दार डम्मर सिंह नेपालीको कमाण्डमा दुई जनाको टोली खटि घटनास्थल सुरक्षित राखिएको छ । शव नरहरिनाथ गाउँपालिका-१ लालिघाटको कर्णाली नदी किनारमा फेला परेको हो, जुन प्रहरी चौकी लालुखुलालुबाट करिब तीन किलोमिटर उत्तरतर्फ पर्छ ।

घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । साथै, शवको सनाखत हुन बाँकी रहेको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
1 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?