झापा । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले गुटउपगुट अन्त्य नभए कांग्रेस "कांग्रेस" बनिरहन नसक्ने बताउनु भएको छ ।
बुधबार झापाको बिर्तामोडमा कोशी प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै गच्छदारले भन्नुभयो," गुटउपगुटले कांग्रेस आफ्नो आदर्श, निष्ठा, बिचार र सिद्धान्तबाट अन्तत्रै मोडिएको छ, कांग्रेसलाई बनाउन गुटउपगुट अन्त्य पहिलो सर्त हो ।"
उहाँले पार्टी अनुशासन, व्यक्तिगत आचारण र आचारसंहिताको पालना पार्टीमा महत्त्वपूर्ण हुने बताउनुभयो । पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहनु भएको गच्छदारले उमेरले बुढोभएपनि मन बूढो नभएका व्यक्तिले देश र पार्टी चलाउने सोच राख्दा मुलुकमा समस्या भएको संकेत गर्नुभयो ।" मान्छे बूढो भएपनि मन बूढो नहुदो रहेछ" उमेर ढल्केका नेताहरूप्रति लक्षित गर्दै उहाँले भन्नुभयो," सिक्ने कुरा उमेरले हुँदैन, सानोबाट पनि सिक्नु पर्छ, म पाँच वर्षकि नातिनीबाट पनि सिक्छु, सिकिरहेको छु ।
देशको समसामयिक राजनीति र पार्टीको विषयमा खासै नबोल्नु भएको उहाँले देश बन्न र चल्न निश्चित भूगोल, मान्छे आवश्यक हुने बताउनुभयो । उहाँले देश बन्न असल मान्छे आवश्यक हुने धारणा राख्नुभयो । "कांग्रेस बनाउने र सच्याउने हो भने आफूबाट सुरु गर्नुस् , अरुलाई उदाहरण बन्ने काम गर्नुस्," उहाँले भन्नुभयो, "सिद्धान्त र विचारमा कांग्रेस हिँडेको छ कि छैन, त्यो हेर्नुस्,अनि मात्रै कांग्रेस बन्छ ।"
आफूले गरेको संघर्ष, योगदान र वर्तमानसम्मको विषयमा बोल्नु भएको उहाँले आफू देश बनाउन संघर्ष गरेको र त्यसमै निरन्तर लागिरहेको उल्लेख गर्नुभयो । उहाँ पार्टीको प्रशिक्षणमा त्यसमै समय खर्चन आग्रह गर्नुभयो । घरबाटै कांग्रेस नसुधारेसम्म कांग्रेस सुध्रन नसक्ने उहाँको निष्कर्ष छ ।
उद्घाटन कार्यक्रममा कांग्रेस प्रदेश सभापति उद्धब थापा, संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटी, कांग्रेस झापा उपसभापति तथा प्रशिक्षण विभाग संयोजक केशवराज पाण्डे लगायतले बोल्नु भएको थियो । उहाँहरुले स्पातिलो र प्रशिक्षित कार्यकर्ता पंक्ति निर्माणमा जोड दिनुभयो ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, केन्द्रीय सदस्य पुष्पा भुसाल, कोशी प्रदेश प्रशिक्षण विभाग सचिव वीरेन्द्र शाहले प्रशिक्षण दिइरहनु भएको छ । एकदिने प्रशिक्षणमा झापाका १५ पालिकाबाट कम्तिमा एक महिलासहित विभिन्न पेसा आबद्ध एक सयजना भन्दा बढीको सहभागिता रहेको कांग्रेस कोशी प्रदेश प्रशिक्षण विभागका संयोजक रमेशजंग रायमाझीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच