
काठमाडौं । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले चैत २१ गतेबाट सशक्त जनआन्दोलन गर्ने घोषणा गरेको छ ।
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आज पत्रकार सम्मेलन गर्दै यो घोषणा गरेको हो ।
यस्तै समितिका संयोजक सुवेदीले २०४७ सालको संविधानमा टेकेर नवीन समझदारीमा आउन दलहरूलाई आह्वान समेत गर्नुभयो ।
यदि हाम्रो शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरेमा त्यसबाट सिर्जित हुने परिस्थितिको जिम्मेवार सरकार र गणतन्त्रवादी दलहरू हुने उहाँले बताउनु भयो ।
संयुक्त जनआन्दोलन समितिले चैत १५ गते राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा जनप्रदर्शन गर्दैछन् ।
राजावादीहरुको शक्ति प्रदर्शनको अघिल्लो दिन पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सकृयता बढाएका छन् ।
राजावादीहरुको शक्ति प्रदर्शनको अघिल्लो दिन पूर्व राजा ज्ञानेन्द्र शाहले पनि सकृयता बढाउनु भएको छ । समाचार स्रोतका अनुसार आज पूर्वराजा शाहसँग मेडिकल व्यवसायी दुर्गा प्रसाईँलगायतले भेटवार्ता गरेका छन् ।
प्रसाईंले ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को पत्रकार सम्मेलनअघि निर्मल निवासमा पुगेर पूर्वराजालाई भेट्नुभएको हो ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहनुभएका प्रसाईँले भोलि राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा जनप्रदर्शन गर्ने हुनु भएको छ ।
यस्तै संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले बुधबार निर्मल निवासमा पुगेर पूर्वराजा ज्ञानेन्द्रसँग दर्शन भेट गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच