
काठमाडौं । राजावादीले अराजकता मच्चाएपछि तीनकुनेमा हवाई फायर भएको छ। प्रदर्शन अराजक बन्दै गएपछि सशस्त्र प्रहरीले तीन राउण्ड हवाई फायर गरेको छ ।
त्यहाँ भएको प्रदर्शनमा राजावादीहरूले ढुङ्गा प्रहार गरी घरका सिसाहरू फुटाएका थिए। त्यसपछि एक घरमा आगजनी समेत भएको छ। प्रहरीसँगको झडपपछि प्रदर्शनकारीले स्थानीयको एक घरमा आगो लगाएका थिए ।
आगो निभाउन सिनामंगलतिरबाट आएको पानीको फोहोरा हान्ने गाडीमाथि प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए ।ढुंगामुढाबाट बच्न प्रहरीले चार राउन्ड हवाइफायर गरेका थिए ।
काठमाडौं तिनकुनेमा राजवादीहरुले गणतन्त्र खारेज र राजसंस्था पुनर्स्थापनाको माग सहित आज सभा आयोजना गरेका थिए । तर प्रहरीसँगको धकेलाधकेलले गर्दा तनाव बढेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच