
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार उहाँहरुलाई आज साँझ पक्राउ गरिएको हो ।
तीनकुनेमा आज घटेको घटनाका सन्दर्भमा आवश्यक सोधपुछका लागि उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजसंस्था पुनःस्थापना लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई भने प्रहरीले घरमै नियन्त्रणमा राखेको जनाएको छ। त्यसैगरी प्रहरीले अधिवक्ता स्वागत नेपाल र अन्य केहीलाई पनि पक्राउ गरेको जनाएको छ ।
आन्दोलनको क्रममा दुई जनाको मृत्यु भएको छ भने दर्जनौं घर, कार्यालय र सवारी साधनमा आगजनी भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच