
काठमाडौं । अन्तर्राष्ट्रिय पत्रकार महासङ्घले नेपालमा अहिले भइरहेको आन्दोलनको क्रममा पत्रकारको मृत्यु हुनु इतिहासमै एउटा दुखद घटना र कालो धब्बा भएको बताएको छ ।
अमेरिकास्थित महासङ्घको प्रधान कार्यलयले एक विज्ञप्ती जारी गर्दै घटनाको छानबिन गरी दोषी उपर कानुनी कारबाही र पीडित परिवारजनलाई उचित क्षतिपूर्ति दिन सरकार समक्ष माग समेत गरेको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘एभेन्युज खबर टेलिभिजनका अनुसार पत्रकार सुरेश रजक जुन घरको ३ तला माथिबाट रिपोर्टिङ गर्दै, प्रदर्शनलाई क्यामरामा कैद गर्दै थिए, सुरुमा घरको छतमा रहेका सादा पोशाकका सुरक्षाकर्मीहरूले छतबाटै प्रदर्शनकारीहरू भए तर्फ अश्रुग्याँस र हवाई फायर गरेको, त्यस लगत्तै प्रदर्शनकारीहरूले घरमा आगो लगाएको र आगो लागिसके पछि रजकले गुहार माग्दा सुरक्षाकर्मीहरूबाट गुहार नपाउँदा आगलागीमा परि वहाँ त्यहाँ मारिनु भएको घटना पत्रकारिताको इतिहासमै एउटा दुखद घटना र कालो धब्बाको रूपमा रहने छ ।’
पत्रकार र मिडियाहरूले पनि पत्रकारिताको धर्म र मर्म लाई ख्याल गर्दै आफ्नो काम र कर्तव्यलाई आत्मसाथ गर्न, वायस नहुन र यथार्थ कुरा जन समक्ष पुर्याउने कर्तव्यबाट विमुख नहुन समेत महासङ्घले आग्रह गरेको छ ।
यस्ताे छ विज्ञप्ती
नेपालमा अहिले भइरहेको आन्दोलनको क्रममा काठमाडौँको तीनकुनेमा रिपोर्टिङ गर्दै गरेका एभेन्युज खबर टेलिभिजनका क्यामरा पर्सन र पत्रकार सुरेश रजक आज मारिएको घटना सुन्दा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, प्रधान कार्यालय, अमेरिका समस्त परिवार स्तब्ध भएको छ।
एभेन्युज खबर टेलिभिजनका अनुसार पत्रकार सुरेश रजक जुन घरको ३ तला माथिबाट रिपोर्टिङ गर्दै, प्रदर्शनलाई क्यामरामा कैद गर्दै थिए, सुरुमा घरको छतमा रहेका सादा पोशाकका सुरक्षाकर्मीहरूले छतबाटै प्रदर्शनकारीहरू भए तर्फ अश्रुग्याँस र हवाई फायर गरेको, त्यस लगत्तै प्रदर्शनकारीहरूले घरमा आगो लगाएको र आगो लागिसके पछि रजकले गुहार माग्दा सुरक्षाकर्मीहरूबाट गुहार नपाउँदा आगलागीमा परि वहाँ त्यहाँ मारिनु भएको घटना पत्रकारिताको इतिहासमै एउटा दुखद घटना र कालो धब्बाको रूपमा रहने छ ।
महासङ्घ स्वर्गीय रजक प्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछ । घटनाको छानबिन गरी दोषी उपर कानुनी कारबाही र पीडित परिवारजनलाई उचित क्षतिपूर्ति दिन अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, प्रधान कार्यालय, अमेरिका नेपाल सरकारलाई अनुरोध गर्दछ।
यसै गरि अनलाइनखबर डटकमका पत्रकार दिनेश गौतममाथि पनि प्रदर्शनकारीहरूले गरेको भन्ने समाचार प्राप्त भएको छ। गौतममाथि प्रदर्शनकारीहरूले गरेको कुटपिटको पनि अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, प्रधान कार्यालय, अमेरिका निन्दा गर्दछ। स्वतन्त्र प्रेसलाई सम्मान गर्न, पत्रकारहरूलाई निर्बाध रूपमा रिपोर्टिङ गर्ने व्यवस्था मिलाउन सरकार, आन्दोलनकारी लगायत सबै पक्षलाई हामी आग्रह गर्दछौँ। पत्रकार र मिडियाहरूले पनि पत्रकारिताको धर्म र मर्म लाई ख्याल गर्दै आफ्नो काम र कर्तव्यलाई आत्मसाथ गर्न, वायस नहुन र यथार्थ कुरा जन समक्ष पुर्याउने कर्तव्यबाट विमुख नहुन सम्बद्ध सबैमा विनम्र अनुरोध पनि गर्दछ।
अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, प्रधान कार्यालय, अमेरिका प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता, मानवाधिकार प्रति पनि सचेत हुन सम्बद्ध सबैमा ध्यानाकर्षण गराउन चाहन्छ । आफ्नो अधिकारको लागि लड्दै गर्ने हरुबाट अरूको अधिकारलाई पनि सम्मान होस भन्ने चाहन्छ। धन्यवाद ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच