सञ्जयलाई विश्व मुवाँथाईमा रजत

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालका सञ्जय राईले १८औँ विश्व मुवाँथाई च्याम्पियनसिपमा रजत पदक जित्नुभएको छ । सञ्जयले पुरुष ५४ केजीमा रजत जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतीले जनाउनुभएको छ ।

थाइल्याण्डको बैंककमा भएको प्रतियोगिताको फाइनलमा सञ्जय ब्राजिलका खेलाडीसँग पराजित भएपछि रजतमा सीमित हुनुभएको हो । त्यसअघि नेपालले तीन कांस्य पदक सुरक्षित गरिसकेको थियो । पुरुष ५७ केजीमा गुणराज रुचाल तथा ७१ केजीमा नवराज पराजुलीले कांस्य जित्नुभएको छ ।

महिला ४८ केजीमा डेनिका राईले नेपाललाई कांस्य दिलाउनुभएको छ । यसअघि विश्व च्याम्पियनसिपको फरक संस्करणमा नेपालले हालसम्म एक स्वर्ण, एक रजत र सात कांस्य पदक जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?