
काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिबाना तोकेको छ ।
महानगरले हिजो (शुक्रबार) तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ८ वटा शीर्षकमा गरेर सो रकमको जरिवाना तोकेको हो ।
महानगरले पूर्वराजा ज्ञानेन्द्रको नाममा पत्र लेख्दै जरिवाना तोकेको छ । राजावादीहरुको हिजो काठमाडौंमा भएको प्रदर्शन पूर्वराजा शाहकै निेर्देशनमा भएको भन्दै महानगरले निर्मल निवासलाई पत्र काटेको हाे ।
महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनअन्तर्गत १ लाख, रूख विरुवा रेलिङ तोडफोड गरेवापत ४० हजार, तीनकुनेको आइल्याण्डमा तोडफोड गरेवापत २३ हजार, फोहोर मैला गरी वातावारण प्रदुषण गरेवापत १ लाख, ढुङ्गामुडा गरी दमकल फुटाए वापत १ लाख ३० हजार गरी विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना काटेको छ ।
राजावादी समूहको हिंसात्मक प्रदर्शनको क्रममा एक जना पत्रकारसहित २ जनाको मृत्युसमेत भएको थियो । प्रदर्शनकारीले विभिन्न ठाउँमा तोडफोड, आगजनी र लुटपाट गरेका थिए । प्रदर्शनका क्रममा नेपाल प्रहरीतर्फ ५३, सशस्त्र प्रहरीतर्फ २२ र ३५ जना प्रदर्शनकारी घाइते भएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच