
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान- १०, धनचौरमा पौडी खेल्ने क्रममा दुई किशोरको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार, धनचौरका जुद्धबहादुर नेपालीका १९ वर्षीय छोरा दिलिप नेपाली र मेघबहादुर नेपालीका १७ वर्षीय छोरा अशोक नेपालीको पौडी खेल्ने क्रममा मृत्यु भएको हो।
झिमरुक खोलामा साथीहरूसँग पौडी खेल्न गएका ६ जनामध्ये दुई जना पानीमा डुबेपछि अन्य साथीहरूले आफन्तलाई खबर गरेका थिए। तत्कालै खोजी कार्य सुरु गरिए पनि अचेत अवस्थामा भेटिएका उनीहरूलाई उद्धार गरेर अर्घाखाँची अस्पताल पुर्याइयो, जहाँ चिकित्सकहरूले मृत घोषणा गरे।
स्थानीयहरूका अनुसार, झिमरुक खोला गहिरो र वहाव बलियो भएकाले पौडी खेल्न जोखिमपूर्ण मानिन्छ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विष्णु प्रसाद पौडेलले जानकारी दिनुभएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच