
सिन्धुली । सवारी दुर्घटनामा परेर आइतबार बिहान कमलामाई नगरपालिका, सिन्धुलीको वातावरण शाखामा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ।
झापाबाट काठमाडौं जाँदै गरेको प्रदेश १–००१ च ८८२१ नम्बरको जीपको ठक्करबाट कमलामाई नगरपालिका–१२ का ३५ वर्षीय शेरबहादुर खपाङ्गीको मृत्यु भएको हो।
खपाङ्गी लामो समयदेखि कमलामाई नगरपालिकामा सरसफाईको काम गर्दै आउनु भएको थियो । विहान पनि सरसफाइका लागि कार्यालयतर्फ जाँदै गर्दा साइकलमा सवार खपाङ्गीलाई बीपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका–६ को रातमाटा घुम्ती नजिक जीपले ठक्कर दिएको थियो।
ठक्कर दिने चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।
उहाँकाअनुसार घटनाको अनुसन्धान जारी छ । कमलामाई नगरपालिकाले घटनाप्रति गहिरो शोक व्यक्त गरेको छ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच