
काठमाडौं । प्रहरीको खोजी सूचीमा रहनुभएका संयुक्त जनआन्दोलन समितिका जनकमान्डर दुर्गा प्रसाईंले आफू फरार नबनेको दाबी गर्नुभएको छ ।
आफूलाई हत्या गर्न खोजिएको थाहा पाएपछि काठमाडौंकै एउटा मन्दिरमा सुरक्षित बसेको आफू सुरक्षित बसेको उहाँको भनाइ छ ।
‘म सुरक्षित ठाउँमा बसेको छु । म भाग्नलाई जन्मिएको होइन,’ उहाँले एक भिडियो सन्देशमा भन्नुभएको छ ।
प्रसाईंले भन्नुभएको छ–‘‘मेरो कानको छेवैबाट गोली गयो । मैले कुरो बुझिसकेपछि मेरै गाडीमा अश्रुग्यास उत्रिएपछि यस्तो भएको हो, मलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेको हुँ ।’ उहाँले आफूहरुले चैत्र १५ गतेको कार्यक्रम जनविद्रोह भएको बताउनु भयो।
कार्यक्रम भएको दिनको विहानैदेखि युवा संघका केही व्यक्तिहरु र प्रहरी प्रशासनका केही व्यक्तिहरु सिभिल ड्रेसमा हातहतियारसहित निजी घरमा पुगेर घटना घटाएको आरोप लगाउनु भएको छ ।
उहाँले आफूहरुलाई स्टेज नै पुग्न नदिएपछि आफूहरु अघि बढेको भिडियामार्फत बताउनु भएको छ । प्रसाईंले प्रधानमन्त्रीले आफूलाई गोली हान्ने आदेश दिएकोसमेत आफूले थाहा पाएको बताउनु भएको छ ।
शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई गाडीले पेल्दै अघि बढेको भिडियो यतिबेला भाइरल छ । यता प्रहरीले भने प्रसाईको खोजी गरिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच