
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेलाई भेट्नु हुने भएकाे छ ।
सभामुख घिमिरेलाई भेट्न लामिछाने बिहान साढे १० बजे सभामुखको कार्यालय सिंहदरबार जाने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयाे ।
सभामुखसँगकाे भेटमा सभापति लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गर्ने बुझिएको छ । यसअघि रास्वपाले सभापति लामिछानेको निलम्बन फुकुवाका लागि सभामुखलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।
सहकारी ठगी प्रकरणमा छानविन सुरु भएपछि पार्टी सभापतिको जिम्मेवारीबाट अलग भएर डीपी अर्याललाई कार्यवाहक दिएका लामिछाने सोमबारको बैठकमा सभापतिको हैसियतमा उपस्थित हुनुभएकाे थियाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच