![जति स्वादिलो त्यति पोषिलो निगुरो](https://ehimalayatimes.com/wp-content/uploads/2023/08/Niguro.jpg)
काठमाडौं । एभरेष्ट बैंकले डिजिटल लिट्रेसीअन्तर्गत वित्तीय चेतनामूलक पाँच विभिन्न किसिमका भिडियो निर्माण गरेको छ । आमजनमानसमा डिजिटल बैंकिङप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका भिडियोका पाँच शृंखला रहेको र क्रमबद्धरूपमा जारी गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीले जानकारी दिनुभयो ।
भिडियोमा मोबाइल बैंकिङ प्रयोग, धारा-बत्ती तथा स्कुल बिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, राजस्व भुक्तानी तरिका र क्युआर कोडको प्रयोगसम्बन्धी विधि रहेकाले भिडियोबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालामा वित्तीय चेतना अभिवृद्धि हुने विश्वास बैंकले लिएको छ । बैंकले नेसनल बैंकिङ इन्स्टिच्युटसँगको सहकार्यमा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सुरुवात भएको जानकारीसमेत गराएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच