काठमाडाैं । सोमवार स्पेनी क्षेत्र अस्टुरियासमा रहेको खानीमा भएको विस्फोटमा पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ । स्पेनी नागरिक गार्डहरूले डेगाना शहर नजिकैको सेरेडो खानीमा मेसिन विस्फोट हुँदा दुर्घटना भएको हो ।
यस क्षेत्रका स्पेनी सरकारका प्रतिनिधिकाअनुसार विस्फोट खानीको तेस्रो तल्लामा भएको थियो । जघाइतेमध्ये तीन जनालाई लियोन शहरको अस्पतालमा स्थानान्तरण गरिएको छ ।
स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सामाजिक सञ्जालमा पोस्ट गर्दै पीडितका परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । विस्फोटको कारणको बारेमा हाल अनुसन्धान भइरहेको छ ।
- सिन्ह्वा/न्युज एजेन्सी नेपाल
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच