
काठमाडौं । साहित्यिक पत्रकार संघले ४४औं ‘कथा दिवस’को अवसरमा ‘मैनाली कथा सम्मान-२०८१’ समर्पण गर्नुका साथै लघुकथा वाचन कार्यक्रमको आयोजना गरेको छ । काठमाडौंमा संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कथाकार डा.राजेन्द्र विमलले ३० को दशकका सशक्त कथाकार रत्न कोजुलाई सम्मान अर्पण गर्नुभएको थियो । अध्यक्ष लेकालीले कथाकार डा.राजेन्द्र विमललाई ‘भानु-तुलसीदास सम्मान’ अर्पण गर्नुभएको थियो ।
उहाँलाई २०७९ वैशाख १६ गते काठमाडौंमा आयोजित नेपाल-भारत साहित्य महोत्सवमा सो सम्मान घोषणा गरिएको थियो । त्यसबेला उहाँ कार्यक्रममा उपस्थित हुन सक्नुभएको थिएन । कार्यक्रममा प्रमुख अतिथि डा.विमलले संकटको अवस्थामा रहेको देशलाई त्यसबाट मुक्त गर्ने अभिभारा नयाँ पुस्ताका सर्जकहरूमा भएको सुनाउनुभयो ।
कथाकार ध्रुव मधिकर्मीले कथाकार कोजूको योगदानको चर्चासँगै उहाँसँगका सहकार्यबारे उल्लेख गर्नुभएको थियो । चयन समितिका संयोजक वरिष्ठ समालोचक प्रमोद प्रधानले कोजूका कथाहरूमा उहाँ जन्मेको ठाउँका मानिसका दुःखपीडा, संस्कृति र जीवनशैली उद्घाटित हुने बताउनुभयो ।
कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले राजेन्द्र विमलको शालीनता र विद्वताको चर्चा गर्नुभएको थियो । संघका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ र कोषाध्यक्ष पद्मावती सिंहले बोल्नुका साथै कार्यसमिति सदस्य डा.दामोदर पुडासैनीले सहजीकरण गर्नुभएको थियो । सो अवसरमा कथाकारहरू लता केसी, शान्ता तिम्सिना, इन्दिरा चापागाईं, सत्या अधिकारी, अञ्जु थपलिया, मिसु श्रेष्ठ, मन्दिरा मधुश्री र ललिता दोषीले आ–आफ्ना लघुकथा वाचन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच