
गुल्मी । नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् प्रतिनिधि सभा सदस्य डा।चन्द्र भण्डारीले शिक्षक वर्तमान र भविष्यका दर्पण भएको बताउनुभएको छ। उहाँले आज९बिहीबार० सामाजिक सञ्जालमार्फत सो कुरा बताउनुभएको हो।
'शिक्षक हाम्रो वर्तमान र भविष्यको दर्पण हुन्।' उहाँले लेख्नुभएको छ, 'हामीले समाजलाई कस्तो बनाउन चाहन्छौं। समाजको पहिलो अभिभावक शिक्षक हुन्।' शिक्षकमा पर्न गएको असुविधा पेशाप्रतिको असुरक्षा र अपमान समाजको पनि अपमान भएको नेता भण्डारीले बताउनुभयो।
शिक्षकका जायज माग पूरा गर्न र गराउन आफूहरू प्रतिबद्ध रहेको भन्दै उहाँले भविष्य निर्माता शिक्षकहरूको साथमा रहेको बताउनुभयो। आन्दोलनको मैदानमा शिक्षकहरूसँग भेट गर्नुपर्दा खुशी हुन नसकिएको हुँदा त्यसको नैतिक जिम्मा आफ्नो पनि रहेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभयो।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच