
गुलरिया । नेपालमै पहिलोपटक आज (आइतबार) देखि खो खो लिग प्रतियोगिता हुँदैछ । बर्दियाको ठाकुरबाबा नगरपालिकामा सुरु हुने खो खो लिग प्रतियोगितामा पाँचवटा टिमले प्रतिस्पर्धा गर्दैछन् ।
नेपाल खो खो संघले देशमै पहिलोपटक सुरु गरेको नेपाल खो-खो लिग २०८१ (ड्रिम खो-खो) खेलका लागि पाँचवटा टिम दर्ता भएको नेपाल खो खो संघका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर शाहीले जानकारी गराउनुभयो । उहाँका अनुसार डली कन्स्ट्रक्सन राइनोज, न्याचर नेष्ट टाइगर्स, विकासप्रेमी ब्ल्याकबक, सुदूरपश्चिम किंग्स र कञ्चन गडाहवा रोयल्स टिमले प्रतिस्पर्धा गर्नेछन् ।
टिममा अन्तर्राष्ट्रिय एक, राष्ट्रिय दुई, प्रदेशस्तरीय तीन र जिल्लास्तरका ६ जना गरी १२ जना खेलाडी रहनेछन् । प्रतियोगिता चैत २४ देखि २८ गतेसम्म सञ्चालन हुनेछ ।
गत पुसको अन्तिम साता भारतको दिल्लीमा भएको विश्वकप खो खो प्रतियोगितामा बर्दिया जिल्लाका मात्र १२ जना खेलाडी सहभागी भएका थिए । विश्वकप खो खो प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच