
झापा । बेपत्ता भएको दुई महिनापछि इलामकी एक महिलाको शव झापामा भेटिएको छ । इलाम,रोङ गाउँपालिका २ बर्फल्याङकी ६२ वर्षीय सीतादेवी खड्का माघ २८ गते घरबाट बेपत्ता भएकी थिइन् ।
उनको शव झापा, अर्जुनधारा नगरपालिका ( १ मा पर्ने हलुवागढ सामुदायिक वनको आँपखोल्सीमा सडेको अवस्थामा फेला परेको हो । बर्फल्याङ र हजुवागढ सीमा जोडिएको क्षेत्र हो।
जंगलमा घाँस काट्न गएका स्थानीयले सडेको शव देखेर प्रहरीलाई खबर गरेका थिए । खबर पाउनसाथ शनिश्चरे इलाका प्रहरी कार्यालय अर्जुनधाराको टोली घटनास्थल पुगेको थियोे ।
कपडाको आधार आफ्नी आमाको भएको छोरी देवीका खड्काले पहिचान गरेकी थिइन् । शव परिवारले लगेको छ । उनको कपाल र हाडखोर मात्र भेटिएको हो । घटनाको अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।
फागुन ४ गते परिवारले देवीका हराएको जाहेरी प्रहरीमा गरेको थियो । उनी यसअघि पनि तीनचार पटक हराउँदै भेटिँदै गरेकी थिइन् । देवीका पहिलादेखि नै मानसिक रूपमा असन्तुलित रहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच