
सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले हाल राजावादीहरूले अपनाएको विकल्प र रोजेको बोटोले देशलाई विनाशतर्फ धकेल्ने दावी गर्नुभएको छ ।
मंगलबार एमाले सुर्खेतद्वारा आयोजित लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ प्रतिगामी षड्यन्त्रका विरुद्ध बृहत् जागरणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभयो । पोखरेलले एमालेले देशलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय बाटोमा हिँडाउन खोजेको भन्दै राजावादीहरूलाई देशलाई विनाशतर्फ लैजाने बाटो नअपनाउन सुझाव दिनुभयो ।
‘पहिले पञ्चहरूले समाजलाई निकै पछि धकलेका थिए । राजतन्त्र पनि सत्कर्म नगरेर मरिसकेको छ । हाम्रो गाउँघरमा एउटा भनाइ छ, मान्छे सत्कर्म गरेको रहेनछ भने प्रेत बन्छ । सत्कर्म गरे सजिलै स्वर्ग जान्छ’ उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिमा अढाई सय वर्ष शासन गरेको शाह वंशीय राजतन्त्र जसलाई जनताको आन्दोलनबाट हामीले सधैँका लागि बिदा गरेका थियौँ । त्यसले सत्कर्म गरेको रहेनछ, त्यो आज प्रमाणित भएको छ । त्यही प्रेत अहिले जनतालाई दुःख दिन लागि परेको छ ।’
पृथ्वीनारायण शाहले देशको एकीकरण गरेर राम्रो काम गरे भन्दैमा यीनका नालायक सन्तानलाई जनताले कदापी नस्वीकार्ने भन्दै उहाँले खरो तर्क राख्नुभयो । कसैले देशलाई पछाडि लैजाने खोजेको प्रयास कदापी पूरा नहुने पोखरेलको दावी छ । साना पार्टीले ठूला पार्टीमाथि शासन गर्ने परिपाटीको अन्त्य नभएसम्म देशमा स्थिरता कायम हुन नसक्ने उहाँ बताउनुहुन्छ ।
२०८४ सम्म कांग्रेस–एमालेको गठबन्धनले देशलाई अहिलेको अवस्थाबाट बाहिर निकाली लोकतन्त्रलाई लयमा फर्काएर स्थायित्व कायम गराउन खोजेको पोखरेलले बताउनुभयो । देश बनाउँन धेरै पार्टी होइन, बलिया पार्टी बनाउँन आवश्यक रहेको उहाँको भनाइ छ ।
‘गणतन्त्रले के दियो भन्ने राजावादीहरूले २०४६ साल अघिको कर्णाली सम्झन आग्रह छ । पञ्चायतको समयमा सुर्खेतबाहेक अन्य जिल्लामा पैदलयात्रा गरेको स्मरण छ’ उहाँले थप्नुभयो ‘कर्णालीलाई अध्यारोमा राखेका मण्डलेहरूले गणतन्त्रमाथि प्रश्न गर्नु हास्यास्पद छ । गणतन्त्र स्वीकार्न नसक्ने राजावादीलाई कर्णालीले सहज रूपमा चिनेको पनि छ ।’
गणतन्त्र आएपछि विकास गाउँ पस्दै गएको उल्लेख गर्दै उहाँले देशलाई पुरानै व्यवस्थामा फर्काउन खोज्ने राजावादीलाई कर्णालीले नाङ्गेझार पार्नुपर्ने दाबी गर्नुभयो । उनले भन्नुभयो, ‘हो, हाम्रो देश जति अघि बढ्नु पर्ने थियो, त्यसअनुसार अघि बढ्न सकेको छैन । तर, राजा र मण्डलेहरूले देशलाई जति तल पार्न खोजेका थिए, त्यसको अन्त्य गणतन्त्रले सुरु गरेको हो । पञ्चायतकालको पौने ४ अर्बको अर्थतन्त्रलाई लोकतन्त्रले ५७ खर्ब पुर्याएको तथ्य बुझ्न म राजावादीहरूलाई अनुरोध गर्दछु ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच