
पाँच पुग्दो खानु काल पुग्दो मर्नु
पहिला म सानो छँदा पाखाबारीमा घरबारी थियो । चिहाने टारमा दुई कित्ता खेत थिए । मोरङ्गे टारमा पनि एक कित्ता खेत थियो । बा अनेकौं आकाशे खेती गर्नुहुन्थ्यो । वर्ष दिन खाने कमाई लाउन छाडेर एक मोहोर दुई रुपैयाँ दिने घरमा पनि पूजा लाइदिन कि श्राद्ध गराउन जानुहुँदोरहेछ । आमा केही नबोली मरीमरी काम गर्नुहुन्थ्यो । म अलि जान्ने हुँदासम्म पनि हाम्रा घरमा यस्तै चालचलन चलेरै आएको थियो । म गाउँतिर हिँड्ने गाई चराउने, बाख्रालाई सेउला ल्याएर टाट्नामा हाल्ने, लैना गाई र गोरुको गोबर सोहोरेर मलका थुप्रामा फल्ने काम मैले समाल्न लाग्दासम्म यस्तै थियो । घरका बार्दलीमा दुईवटा झोला हुन्थे ।
एउटा झोलामा रोटी, पुवा अचारका टपरी ल्याएर राखिदिन्थे बाले यजमान गर्न पठाएका पुरोहितहरूले । अर्कामा एक रुपैयाँ या एक मोहोर या एक सुका पैसा हुन्थ्यो । बर्दलीका खाटनेर एउटा थुन्से पनि ठड्याएर राखेको हुन्थ्यो । त्यसमा बिहान-बेलुका भात पकाउन सामल भरेर भाँडामा हाल्नुभन्दा पहिले एक मुठी आमा त्यो भाँडाबाट झिेकेको चामल, थुन्सेमा र च्याँख्ला डालामा राख्नुहुन्थ्यो । कहिले काहिँ बिर्संदा मलाई अराएर चामल च्याँख्ला त्यस दिन जे पकाएको हो त्यसैको मूल डालाबाट त्यसमा हाल्न लाउनुहुन्थ्यो । म अलि ठूलो भएपछि त्यसरी राख्ने र महिनादिनमा त्यो मुठीदान लिन आउनेलाई नै उल्लीबिल्ली पारेर रित्तै पठाउन थालेदेखि हाम्रा घरबाट त्यो चलन हटेको थियो । बाले लाएका यजमाने बाहुन पनि अलि कम हुन थालेका थिए ।
विश्वविद्यालय भनेको विश्वमानवको साझा सम्पत्ति हो तर सुमना, प्रचण्ड र केशरजंग बरालले मात्र होइन विद्या, ओली र केशरजंग बराललले पनि त यसलाई ठीक त्यही व्यवहार गरेनि जे गर्दा ओलीका पिछलग्गुले रोग्याहा रौं फेर्न पाउने भए । प्रचण्डले आफ्नालाई जोगाउन सकेनन् किनभने उनी जस्तै भस्मासुर दुईवटा अर्कातिर मिलेर लागेका हुनाले ।
अतः झोला रित्तिन थालेका रहेछन् । आफ्नै घरको त होनि भनेर मैले रुपैयाँ पैसाका झोलामा हात हालेर एक दुई रुपैयाँ निकाल्दा बाले बाँसका सिर्कनाले मेरो कन्डेउलीमा फेरो बस्नेगरी हिर्काएर सुम्लो बसाउँदै भन्नुभएको थियो– ‘यो तेरा बाबुको कमाइ भए पनि परमार्थका निमित्त हो, दरिद्री यसमा हात हाल्ने तेरो अधिकार पुग्दैन बुझिस् ?’ आमाले तोरीको तेल लाएर सालको हरिया पातले सेकेर मेरो सुम्लो मेटाउने र मलाई के के ओखती खुवाएर सद्दे बनाउनुभएको थियो । अनि तेरा बाको भनाइ के छ भने पाँच पुग्दो खानु एकलै नखानु, काल नआई नमर्नु (आत्महत्या नगर्नु) भनेर सम्झाउनुभएको थियो । लोक प्रचलन, कौलिक परम्परा नै सभ्यताका मुहान हुन् ।
भन्ने कुरो बिर्सेर जो हाकिम भए तिनले
सार्वजनिक संघसंस्थालाई पनि मैले जसरी नै बाबुको बिर्ता सम्झेर डुँडुलो डुबाउन लाग्दा काम कुरो बिग्रेर आजको अवस्था आएको हो कि भन्ने मेरो बुझाइ रहेको छ । विश्वविद्यालय भनेको विश्वमानवको साझा सम्पत्ति हो तर सुमना, प्रचण्ड र केशरजंग बरालले मात्र होइन विद्या, ओली र केशरजंग बराललले पनि त यसलाई ठीक त्यही व्यवहार गरेनि जे गर्दा ओलीका पिछलग्गुले रोग्याहा रौं फेर्न पाउने भए । प्रचण्डले आफ्नालाई जोगाउन सकेनन् किनभने उनी जस्तै भस्मासुर दुईवटा अर्कातिर मिलेर लागेका हुनाले । सुशीला कार्कीले भनेको नमान्दा एउटा भस्मासुरले सुशीला कार्कीमाथि महाअभियोग लाउने प्रयत्न गरेको त जगजाहेरै छ । केही दिन पहिले अर्का भस्मासुरले प्रधान न्यायाधीशलाई पनि मुठीको माखो बनाएर छाडेको हामीले देखेकै हौं । अहिले बिचरा केशरजंग माओवादी भए पनि सबै खाओवादीसँग हारेर रातारात बोरा बिस्तरा बोकेर कुलेलम ठोके छन् ।
उता नेपाल संस्कृत विश्वविद्ययालय त झन् जातै जम्दार । धान रोप्न तालाबन्दी, गाई चराउन ताला बन्दी, बाबुको श्राद्ध गर्न पनि तालाबन्दी नगरी नहुने परम्परानै बोकेको विश्वविद्यालय । कुकरले मान्छे टोकेको जसरी समाचार बन्दैन त्यसैगरी नेपालमा नेपाल संस्कृत विश्वविद्यालयका कामकुरा, नेपालका राजनीतिमा हालीमुहाली चलाउनेहरूका भस्मासुरे आचरण पनि समाचार बन्नु हुँदैन । यदि यिनका त्रियाकलाप समाचार बने भने ज्ञानेन्द्र शाह, दुर्गाप्रसार्इंं र खड्गप्रसाद ओलीका जुँगाका लडाइँमा नवराज सुवेदी तथा जगमान गुरुङ पिँधिएको समाचार बनेजस्तो हुन्छ ।
यहाँ त निरीह पत्रकार, आन्दोलन हेर्न गएका रमिते, निर्जीव व्यापारिक प्रतिष्ठान तिन न तेरका सर्वसामान्यका धन सम्पति मूक परिबहनका साधन पो अपराधी हुन्छन् त गणतन्त्र र राजतन्त्र खोजेको अरूले होइन जगमान, नवमान, तिनकुनेका बडेमाका घर अनि निरीह पत्रकार तथा त्यहाँ वरिपरि घर बनाएर बसेका अभागा नेपालीले खोजेका हुनाले अब तिनै अपराधी गनिएनन् त ? धन्यवाद ज्ञाशेखपुका खप्परे बुद्धिलाई ।
मकैका ओइरामा घुन पिँधिए सरी
सुरेश रजक र सविनले घुनको गति पाए । मकैका ओइरामा घुन पिँधिए जसरी विचरा पिँधिए ओली र ज्ञानेन्द्रका दम्भ र लोभका चेपमा चेपिएर । जुँगा ओली, प्रसाईं, गुरुङ, सुवेदी र शाहका ठडिने भए । धवल, रवीन्द्र चाहिँ भगाकार कारागारका पाले बस्न गएका छन् । निर्मल निवास र बालुवाटारे मुखियाका जुँगामा अड्किएका कनिका जस्ता बनेर विचरा गुरु गुरुङको पो हरि बिजोक होला जस्तो लाग्यो मलाई त । अब मुरारी पुकार न गण्डकी फिहरिस्त सबै गए माछा मार्न होइन त ? ‘डी’ पानी थियो अब त ‘गु’ पो पानी भनेर चिनिने भयो कि क्या हो ? पयः किलालममृतं जीवनंभुवनं वनम् भन्छन् अमरसिंह बाँणा । दलका कार्यालय, विद्युत्सञ्चारगृहले न कहिल्यै खड्ग पूजा गरे न त कहिल्यै धार्नी टाउके ज्ञानको प्रशस्ती गाए हो, अब भेट्यौ नि त स्वाद ।
त्यसैले मौकामा चौका हान्न पनि सिकिराख भनेका थिएनन् तादीका पुर्खाले ? न सिकेपछि यस्तै भयो । कुहिनाका ठक्करले पर्वत फुट्दैन कुहिनु नै घायल बन्छ । राजतन्त्र भनेको कमजोर कुहिनु हो । चुरेजस्तै राम्ररी नजमेको कलिलै भए पनि संघात्मक प्रजातान्त्रिक गणतन्त्र भनेको पर्वत हो त्यसमा ठक्कर खाएपछि न कुनै जीव नकुनै मेसिन न त कुनै स्फोटास्त्रले नै त्यसलाई समग्रमा हल्लाउन, चर्काउन या छिन्नभिन्न पार्न सक्छ । अतः व्यक्तिले समुदायसँग पौंठाजोरी खेले जस्तै हो व्यक्ति या व्यक्ति समूहले प्रजातान्त्रिक पद्धतिका संयन्त्रसँग जुध्नु भनेको ।
शासनको कुरो गर्दा पनि निश्चित अवधिमा जनताले छान्न, रोज्न, हराउन या जिताउन पाउने र देशको १ नं नागरिकदेखि सबै कुरा आफ्ना योग्यता र कामका आधारमा प्राप्त गर्न सकिने संयन्त्र नै जनताको प्रिय संयन्त्र हो । एउटा जमाना थियो कोही राजा र कोही रजौटा अनि कोही रैतान बनेर जुनी बिताउन विवश थिए । बेला आएपछि धमिरा र कमिला पनि छिचिमिरा बनेर आकाशमा उड्छन् भन्ने बिर्सनु हुँदैन है ज्ञानका इन्द्रजी । देख्दै घिनलाग्दो अपकारी जीव झुसिल्किरो पनि देख्दै लोभलाग्दो हेरिरहुँ जस्तो लाग्ने पुतली बन्छ । परिवर्तनशीलता नै संसारको मूल चरित्र हो ।
हिजो तपाईं कुर्नेस खानुहुन्थ्यो आज अर्कैले खाएको देखेर जसरी मन मुटु पोलेको छ त्यसरी नै भारतीय दरबारका उक्साहटमा लागेर आफ्ना दाजुको अपुतालीका लोभमा नपरेको भए, या भारतीय जोगीजंगमका उलामालामा लागेर असल चरित्र भएका जनताका छोरालाई जनताले स्वागत गरेको देखेर आयोजनापूर्ण किसिमले पोखराबाट निर्मल निवास जाने कार्यक्रमको गहुँते न्यानाका लोभमा पर्दा अब पतनको बाटो खुल्न लाग्दै छ है पूर्वमहाराज भनाउने ज्ञानेन्द्रजी अझै पनि बुद्धि पुर्याउन नबिर्सनुहोला । नवराज सुवेदी त्रिविको चुनावमा नेपाल विद्यार्थी संघबाट चुनाव जितेको देखेर राजा महेन्द्रले तपाईंलाई लोभ्याएर लगेर शासनसत्ताको शिखरमा पुर्याएका थिए ।
जतिसुकै असजिलो परिस्थितिमा पनि देश, जनता, पद्धति, मूल्य र आचरण संस्कार छाड्न नसक्ने कौलिक इतिहास भएकामध्ये छानेर व्यवस्थाको परिशोधन गर्न सकिन्छ । समय अनन्त छ र पृथ्वी पनि निकै चौडा छ । अनेक प्रवृत्ति र स्वभावका मान्छे हुन्छन् ।
अहिले पनि उनैका छोराका आहृवानमा कमाण्डर बन्न जानुभयो तर खौलामा पर्नुहोला साम्बभक्त सुवेदी जस्ता धुरीण विद्वान्को नाम बद्नाम नगर्नुहोस् । पश्चिमका महापण्डित दधिराम मरासिनी र पूर्वका साम्बभक्त सुवेदीका विद्वतामा जोडा थिएनन् । आज राजावादी भनेर सडकमा देखिएका दुर्गा सुवेदी सानैदेखि सानाठूला आपराधिक काममा सम्मिलित भएका व्यक्ति हुन् । बहुदलीय प्रजातन्त्र मास्ने काममा आफ्ना बाबुलाई साथ दिएका तुलसी गिरी ल्याउनेले आज नवराज र दुर्गा सुवेदीलाई सम्झेको देखेपछि यिनको लक्ष्य स्पष्ट भइसकेको छ । जसरी बगेको खोलो फर्केर मुहानतिर जाँदैन त्यसैगरी अब राजातन्त्र आउँदैन ।
अति गर्नु अतिचार नगर्नु
भोकाएका जुका, उडुस र उपियाँले अन्य जीवलाई दुःख दिए जसरी अहिलेका लोकतान्त्रिक गणतन्त्रवादीले नेपालको रस र नेपाली जनताको रगत पसिना लुकेर होइन सत्तामा बसेर चुसेका छन् यो सत्य हो । हिजो राजदरबार त्यसको पृष्ठपोषक र जहानियाँ शासनशैली आदिले यसभन्दा बढी दर्दनाक किसिमले चुसेका मात्र होइनन् दारेर लुछेका थिए । त्यसलाई कारबाही गर्ने कुनै आधार थिएन । आजका नवकुलीनतन्त्रका धन्नुकारीलाई कारबाही गर्ने विधि नियम छन् । अतः जनता जाग्नुपर्छ । अब जनता भनिने केही मतदाताले पनि द्रव्य, रक्सी, मासु र माछाका टुक्रामा आफ्नो मत बेचेर धन्नुकारी छान्न छाड्नुप¥यो ।
जतिसुकै असजिलो परिस्थितिमा पनि देश, जनता, पद्धति, मूल्य र आचरण संस्कार छाड्न नसक्ने कौलिक इतिहास भएकामध्ये छानेर व्यवस्थाको परिशोधन गर्न सकिन्छ । समय अनन्त छ र पृथ्वी पनि निकै चौडा छ । अनेक प्रवृत्ति र स्वभावका मान्छे हुन्छन् । तिनीहरूमध्ये राम्रा, उम्दा र चरित्रवान् छान्न छाडेर वेत बसेका बुढी भैंसी छान्ने अनि ब्याएन भनेर दोष लाउन मिल्छ ? पारे गोरु पालेर धान रोपिन्छ ? थारो, चोक्रे र बैला भैंसी या गाई पालेर गोरस खान पाइन्छ ? एउटा ठगले काठमाडौंको छैमले, सिरहा, चितवन र गोरखाका मतदाता किनेर थाङ्नामा सुताइसकेको देख्नुभएको छ ? जीवनभरि मेलामा सुतुवा जुवा देखेपछि मेलाबाट भाग्ने गोरु पालेर डडेलधुरे र झापाली जनताले देश बिगार्न आफ्नो योगदान दिएका छन् ।
अतः म ती मतदातालाई धन्यवाद दिन्छु जसले आफ्नो सुरुचि त प्रकट गरे । देश बिग्रोस्, जनताले काला बादलले नपाएको दुःख पाऊन् त्यसले के भयो त ? हो, यो परपीडक प्रवृत्ति हो । यो प्रवृत्तिका मान्छे कहिल्यै पनि सुध्रँदैनन् । अतः स्याडिस्टलाई छाडेर अरूले त देश र जनताको कल्याण सोच्नुपर्छ । देश सबै प्रकारका मान्छेको साझा आँगन हो त्यहाँ सबैले आ-आफ्नो कलाकौशल प्रस्तुत गर्न पाउनुपर्छ । प्रजातान्त्रिक विधानले त्यो अधिकार पनि दिन्छ तर शान्तिपूर्वक, हुलहुज्जत बेगर आफ्ना कुरा राख्ने जनताको अधिकार सुरक्षित भयो भनेमात्रै प्रजातन्त्र मौलाउँछ । विरोधले सुधारको अवसर दिनुपर्छ । विरोध बिगार्न, भत्काउन र डढाउन हुनुहुँदैन जुन अपुताली परेर दुईपटक श्रीपेच लाएर अभिनय गरेका अभिनेताले विद्रूपता प्रदर्शन गरे त्यस्तो विद्रूप प्रदर्शन शेखपुमाकुले पनि प्रदर्शन गरिसकेका हुनाले अब सुध्रन बल गरौँ है त ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच