
भोजपुर । भोजपुर नगरपालिका-७, कोदार रंगशालामा जारी मुख्यमन्त्रीकप राष्ट्रिय भलिवल प्रतियोगिता अन्तर्गतबुधवार भएको पहिलो सेमिफाइनल खेलमा बागमति प्रदेशलाई ३-० सेटले हराउँदै गण्डकी प्रदेश फाइनल प्रवेश गरेको छ ।
खेलको पहिलो, दोश्रो र तेश्रो सेट लगातार २५-२१, २५-१९ र २५-१५ अंकले गण्डकी प्रदेशले बागमतिलाई पराजित गरेको हो । आजै हुने दोश्रो सेमिफाइल खेल सुदुरपश्चिम प्रदेश र कोशी प्रदेशका बीचमा हुने आयोजक जिल्ला भलिवल संघले जनाएको छ ।
बिहिवारसम्म संचालन हुने प्रतियोगिताका लागि कोशी प्रदेश सरकारको कोशी प्रदेश खेलकुद विकास बोर्ड मार्फत रु २० लाख सहयोग गरेको छ । प्रतियोगितमा मधेस र कर्णाली बाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता जनाएका छन् ।
प्रतियोगितामा प्रथम हुनेले रु तीन लाख, दोस्रोले रु एक लाख ७५ हजार, तेस्रोले रु ८० हजार तथा चौथो हुने टोलीले रु ४० हजार पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला भलिबल संघका अध्यक्ष विन्द्रकुमार तामाङले जानकारी दिनुभयो । पाँच बिधामा विधागतरुपमा उत्कृष्टलाई नगद दश हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच