
बारा । बारामा चटयाङ्ग लागेर आगलागी हुँदा २० लाख भन्दा बढीको क्षति भएको छ ।
बाराको सदरमुकाम कलैया देखि १५ किलोमीटर पूर्वमा रहेको बारागढी गाउँपालिका-४ सुखीपथरामा विहिवार विहान चटयाङ्ग लागेर आगलागी हुँदा २० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले बताउनुभयो ।
विहिवार विहान ३ बजे बारागढी गाउँपालिका ४ सुखीपथराका हरिन्द्र प्रसाद कामीको कुखुरा फर्ममा आगलागी भएको जानकारी पाउनासाथ अस्थायी प्रहरी पोष्ट लंगडा चोकबाट प्रहरी टोली पठाइएको उहाँले बताउनुभयो ।
'विहान साढे ५ बजे प्रहरी पुग्दा हरिन्द्र प्रसाद कामीको बास, पराल र टिनले बनेको कुखुरा फर्ममा चटयाङ्ग लागेर आगलागी भएको थियो', उहाँले भन्नुभयो,‘ प्रहरी र स्थानीयको सहयोगमा विहान ७ बजे आगो नियन्त्रणमा लिइएको र आगलागीबाट २ हजार तयारी कुखुरा, कुखुराको दाना र कुखुरा फर्म गरी २० लाख बराबरको क्षति भएको अनुमान गरिएकाे छ । ’
१ सय ४० मिटर लम्बाई र ३५ मिटर चौडाईको उक्त फर्म पूर्ण रुपमा जलेर नष्ट भएको उहाँले बताउनुभयो ।
यसै गरि करैयामाई गाउँपालिका-८ नरहीका अभिनाश कुशवाहाको कृषि मिटरको लागि बनाइएको फुसको घर र कृषि मिटरमा चटयाङ्ग लागि आगलागी हुँदा घर र मिटर जलेर नष्ट भएको छ ।
आगलागीबाट कुशवाहाको १० हजार भन्दा बढीको क्षति भएको प्रनाउ पण्डितले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच