
बैतडी । बैतडीमा ७८ वर्षीय एक जना वृद्ध मृत फेला परेका छन् ।
जिल्लाका दशरथचन्द नगरपालिका १० चौडका धर्मानन्द भट्ट बिहीबार बिहान साढे १० बजेतिर मृत फेला परेका हुन् । सोही वडाको स्थानिय लच्छा खोलामा भट्ट मृत भेटिएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
उनी चैत २६ गतेदेखी घरबाट सम्पर्क विहीन भएका थिए । भट्टको भीरबाट लडेर मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतक भट्टको शव परीक्षणपछि आफन्तले बुझीसकेका प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो । घटनाका बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच