
सरकारको रवैया सुतेर उठ्न नसकेको सिंह जस्तो देखिन्छ । आहारा पाएर आरामले सुतेको सिंह एक हप्तासम्म आहाराको खोजमा लाग्दैन । यही सत्य हो । सत्यभन्दा पर मानिस वा कुनै पनि प्राणी बाँच्न सक्दैन । सिंहलाई वनको राजा मानिएको हुन्छ । यो राजा कहिलेकाँही बाँच्नका लागि सङ्घर्षमा क्रियाशील रहेको हुन्छ । यही अवस्था आजको नेपालमा विद्यमान् रहेको देखियो । नेपालको गणतन्त्र आज त्यही अवस्थामा पुगेको हो कि भन्ने अवस्था देखिएको पाइयो । आजको समाज समुन्नत छ । यो समुन्नत नेपालका नागरिक प्रविधिले सम्पन्न छन् । यही सम्पन्नताले आजको नेपालीले विश्वलाई एक सूत्रमा बाँधेको देखिन्छ । संसारको विकाससित जागेको नेपाली आफ्नो देशको हालतमा रोइरहेको छ । शक्तिशाली सरकार आज निरीह बनेको छ । दुईतिहाइको सरकारको रवैयाबाट आजको नेपाली सन्तुष्ट देखिएको छैन ।
गणतन्त्रले नेपालीका सबै चाहनालाई पूरा गरिदिन्छ भन्ने उद्देश्यले तत्कालीन समयमा मानिस सड्कमा उत्रेका थिए । नेपालीको चाहनालाई गणतन्त्रले केही हदसम्म पूरा गरेको पनि देखिन्छ । मानिसका सबै चाहलाई पूरा गर्न देश सक्षम र सबल हुनु अनिवार्य मानिन्छ । हाम्रो देश भूपरिवेष्ठित मुलुक हो । यस देशलाई समुद्रले छोएको छैन । भूपरिवेष्ठित मुलुकका छिमेकी आणविक शक्ति सम्पन्न छन् । दुवै शक्तिशाली देशको बीचमा रहेको नेपाल आजको अवस्थामा आफूलाई सम्पन्न बनाउने उद्देश्यमा सक्रिय रहेको पाइन्छ । गणतन्त्रको आगमनपछि सबै कुरा जादूसमान् पूरा हुन्छन् भन्ने चाहनाको पर्खाइमा रहेका नेपाली आज दिक्क बनिसकेका छन् ।
सम्मानको पर्याय गुरु सडकमा
गुकारस्त्वन्धकारस्तु रुकारस्तेज उच्यते ।
अन्धकार निरोधत्वात् गुरुरित्य भिधीयते ।।
गुकार अन्धकार र रुकार तेज जसले अज्ञानरूपी अन्धकारलाई ज्ञानको प्रकाश दिएर समाप्त पारेको हुन्छ त्यसैलाई गुरु भनिएको छ तर आज तिनै गुरु दश दिनदेखि सडकमा छन् । विद्यालयमा बसेर शिष्यलाई शिक्षा दिएर समाज सेवामा समर्पित गराउने गुरुले किन सड्कमा उत्रिनु परेको होला त्यही तथ्यलाई आजको सरकारले बुझेको देखिएन । नेपालमा विद्यालयदेखि उच्चशिक्षासम्मको अवस्थालाई तहसनहस पारियो । शिक्षामाथि गरिएको यो राजनीतिक हस्तक्षेप नेपालका लागि पक्कै पनि उपयोगी थिएन । राजनीतिको बलियो खम्बा शिक्षाका क्षेत्रमा गाडियो जसबाट उम्कन गणतान्त्रिक सरकारलाई हम्मेहम्मे परेको छ । विद्यालयको पहिचान विद्यालयका रूपमा हुनुपर्नेमा त्यसो हुन सकेन ।
समाज परिवर्तन र व्यक्तिको व्यक्तित्वमा आउने परिवर्तन शिक्षा हो । शिक्षाका माध्यमबाट आजकलका शिक्षक आफ्ना विद्यार्थीको प्रगति भएको देख्न चाहन्छन् । गुरु सबैसित विजय चाहन्छन् तर आफ्ना शिष्यसित पराजयको अपेक्षा राखेका हुन्छन् । तिनको सबै चाह शिष्य वा आफूले पढाएका विद्यार्थीले संसारमा भएभरको प्रगति गरून् भन्नेमा निहित रहेको हुन्छ ।
राजनीतिक स्वार्थका कानुन अध्यादेशबाट समेत ल्याउने सरकार आजको मितिसम्म पनि गुरुका मागलाई सुन्ने चासोमा देखिँदैन । यस सरकारमा बस्ने पार्टी र सरकार सञ्चालन गर्ने शीर्ष नेतामा देखापरेको अकर्मण्यता हो । नेपालमा भ्रष्टाचार नहुने क्षेत्र नै शिक्षा हो । आफ्नो पारिश्रमिक जति छ त्यसमा सन्तोष गर्ने वर्ग शिक्षक हो । आज त्यही वर्ग सडकमा किन छ ? यो बुझ्ने प्रयासमा सरकार किन लागेन ? यो आश्चर्य नै हो । यही आश्चर्यको आत्मरतिमा रमाएको छ सरकार किन ?
समाज परिवर्तन र व्यक्तिको व्यक्तित्वमा आउने परिवर्तन शिक्षा हो । शिक्षाका माध्यमबाट आजकलका शिक्षक आफ्ना विद्यार्थीको प्रगति भएको देख्न चाहन्छन् । गुरु सबैसित विजय चाहन्छन् तर आफ्ना शिष्यसित पराजयको अपेक्षा राखेका हुन्छन् । तिनको सबै चाह शिष्य वा आफूले पढाएका विद्यार्थीले संसारमा भएभरको प्रगति गरून् भन्नेमा निहित रहेको हुन्छ । यही नियतिमा बाँचेका हुन्छन् गुरु, प्राध्यापक, शिक्षक तथा अध्यापक तर नेपालको सन्दर्भमा भने त्यसो हुनसकेको देखिएन । गणतन्त्रका लागि सडकमा उत्रेका शिक्षक आज आफू अपमान भएको बोधले फेरि सड्क तताउन बाध्य भए । शिक्षालाई व्यापारको साधन सम्झिने र अभिभावकको ढाड सेक्ने विद्यालयले प्रगति गरेका छन् ।
आफ्नो विद्यालयमा यति जना अष्टेलिया, अमेरिका तथा युरोप अध्ययनका लागि गए भन्ने आशयका बोर्ड झुण्ड्याएर आफ्नो विद्यालयको प्रगति देखाउने विद्यालय नै आजको समाजमा उच्च दर्जामा पुगेका देखिन्छन् । सरकारी विद्यालयमा अध्यापन गराउने शिक्षक सडकमा छन् । तिनका शिष्य घरमा आराम गरिरहेका देखिन्छन् । यो अपमान शिक्षकले कहिलेसम्म सहने हो अत्तोपत्तो छैन । शिक्षा ऐन पारित गरेर आजको आन्दोलनलाई सरकारले किनारा लगाउनु आवश्यक देखिएको छ । यदि यी सडकमा सुत्ने गुरुका माग पूरा गर्न गणतान्त्रिक सरकार सफल हुन सकेन भने आउँदो निर्वाचनमा नेतृत्वमा बसेका नेता र सरकारको प्रतिनिधित्व गरेका दलहरू बढारिने निश्चित प्रायः देखिएको छ ।
समाज परिवर्तनको जिम्मा शिक्षकमा निहित रहेको हुन्छ । शिक्षा आफूलाई समर्पित गरेको शिक्षकले भोगेको यो पीडालाई सरकारले किन सुनेको छैन । सामाजिक सञ्जालमा हेर्दा शिक्षक जायज माग लिएर उभिएका छन् । आफूलाई आजीवन सेवासुविधा चाहने गणतान्त्रिक सरकार किन सुतेको होला ? यसको जवाफ आजका शिक्षकले खोजेको देखिन्छ । शिक्षक आन्दोलन अभ्रद्र छैन । उनीहरूले आफ्नो प्रतिभालाई सहज रूपमा देखाएका छन् । उनीहरूमध्ये केही त सामाजिक सञ्जालमा आफूलाई अब्बल दर्जाका रूपमा उतार्न सबल देखिएका छन् । उनीहरूले लगाउने नारा पनि अभ्रद्र किसिमका सुनिएका छैनन् ।
सरकार अभिभावक हो । अभिभावकीय भूमिकामा रहेको सरकार र सरकार प्रमुखले कहिल्यै पनि भड्काउ भाषण गर्ने होइन । वर्तनमान प्रधानमन्त्री समाजका हरेक वर्गलाई भाषणका माध्यमबाट छेड हानेर आफूलाई आत्मरतिमा रमाउन सबल देखापरेका छन् । उनी कुनै पनि आन्दोलनबाट बेखबर छैनन् ।
उनीहरू सडकमा बसेका छन् । उनीहरूको प्यास समाप्त पार्नका लागि कतिपय संस्थाले पानीको व्यवस्था गरेको देखियो । सीमित खर्च लिएर आएका शिक्षक सरकारका कारण बेखर्ची हुने हुन् कि भन्ने चिन्ताले उनीहरूलाई सताएको हुनसक्छ । भद्र तरिकाले शैक्षिक आन्दोलनमा उत्रेका शिक्षकको मागलाई सम्बोधन गर्न सरकार तयार हुनु आवश्यक मानिएको छ । सरकारको नियतमा शिक्षा क्षेत्रलाई लिएर खोट उत्पन्न नहोस् भन्ने चाहले आजका नेपाली जनतामा देखापरेको पाइन्छ । उनीहरूमा महानगरपालिका प्रमुखले जरिवाना गर्ने हुन् कि भन्ने चिन्ता पनि रहेको देखियो ।
सुतेको सरकार
संविधान संशोधन गरेर समाजलाई रूपान्तरण गर्न गठन भएको यो सरकार मौन बसेको छ । रगत चुसेर ढाडिएको किर्नो समान आजको सरकार सुतेको छ । कतै राजावादीको, कतै शिक्षकको, कतै डाक्टरको र कतै सहकारी पीडितको आन्दोलनले काठमाडौंको बजार तातेको छ । प्रकृतिले नेपाललाई प्रदूषणयुक्त शहरको उपहारका रूपमा दियो । सडकमा यात्रुहरूले सास्ती भोगिरहेका छन् । काठमाडौंको यातायातको अवस्था सारै कमजोर देखिएको छ । जताततै आन्दोलनको रापमा तापिएको राजधानी अझ तङ्ग्रिन सकेको छैन तर सरकार कानमा तेल हालेर सुतेको छ ।
यो अवस्थाको जिम्मेवार नेपाली जनता पक्कै पनि होइनन् । यो सडकमा देखिएको अस्वस्थताले नेपाल समग्र रूपमा आन्दोलनको चपेटामा परेको देखिन्छ । नेपालको राजनीतिमा गणतन्त्रमाथि प्रश्न उठ्न थालेको देखियो । गणतन्त्रविरोधी सलबलाउन थाले । गणतन्त्रले दिएको यो सुन्दर उपहार स्वतन्त्रता कुण्ठित नहोस् भन्ने चाहना आजका नेपालीको हो । गणतन्त्रमा देखापरेको यो आन्दोलनको रडाको नेपालका मात्र होइन विदेशी सञ्चारमाध्यमबाट पनि बाहिर आउन थालेको देखियो ।
सरकार अभिभावक हो । अभिभावकीय भूमिकामा रहेको सरकार र सरकार प्रमुखले कहिल्यै पनि भड्काउ भाषण गर्ने होइन । वर्तनमान प्रधानमन्त्री समाजका हरेक वर्गलाई भाषणका माध्यमबाट छेड हानेर आफूलाई आत्मरतिमा रमाउन सबल देखापरेका छन् । उनी कुनै पनि आन्दोलनबाट बेखबर भने छैनन् तर उनको चुस्की लिने बानीले उनलाई मात्र होइन उनको कामलाई पनि बाधा उत्पन्न गरेको देखिन्छ । सहयात्री काङ्ग्रेस पनि आफन्तलाई र आफ्नालाई नियुक्त गर्न तम्सिएकको देखियो । उसले पनि आज देशमा भइरहेका घटनामा आफ्नो धारणा राख्न सकेको देखिँदैन । हरेक क्षेत्रमा एमालेको पुच्छर बनेको काङ्ग्रेसको अवस्थाले पनि नेपालको वर्तमान सरकारलाई सही मार्गमा डोहोर्याउन सकेको देखिएन ।
सबैभन्दा ठूलो दलका रूपमा उभिएको काङ्ग्रेसको अवस्था पनि आहारा पाएर सुतेको सिंह जस्तो देखियो । देशका हरेक आन्दोलनमा अग्रभूमिमा रहेको काङ्ग्रेस पनि सुतेको देख्दा आश्चर्य लागेको छ । सबैभन्दा पहिले देश, देशका साथमा नेपालीले ल्याएको गणतन्त्रको रक्षामा समर्पित हुनु काङ्ग्रेसको जिम्मेवारी होइन र ? नेपाली जनताले अब समाधानको उपाय काङ्ग्रेसबाट खोजेका छन् । देशको रक्षा गर्नुका साथै सुतेको सरकारलाई जगाउनु उसको जिम्मेवारी होइन र ? नेपालको राजनीतिमा जनताले अझ पत्याएका छन् । नसुत जाग र वर्तमानमा भइरहेका सबै आन्दोलनको सुरक्षित अवतरण गराउन आवश्यक मानिएको छ ।
शिक्षकका माग सही छैनन् भने उनीहरूलाई ससम्मान बिदा गर । माग जायज हुन् भने वार्ताबाट समाधानको उपाय खोज ? यो आलेख प्रकाशन हुनुपूर्व गुरुहरूलाई उनका माग पूरा भएर घर फर्किने आधार दिन सफल बनून् भन्ने चाहनासहित सत्तारुढ दलमा नेपालको हित र गुरुको सम्मान होस् भन्ने कामनासहित । यही कामना समस्त नेपालीहरूको पनि रहेको देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच