
काठमाडाैं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दिल्लीमा आएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको कुरा गर्नुभएको भन्ने भनाइको खण्डन गर्नुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफूले यसअघिको कार्यक्रममा गलत सूचनाका कारण उत्तरप्रदेशका मुख्यमन्त्री दिल्लीस्थित नेपाली दुतावासमा आएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको कुरा बताउनुभएको भनेको भन्दै उक्त भनाइको खण्डन गर्नुभएको हो ।
केही दिनअघि एक सार्वजनिक कार्यक्रममा सभापति देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ दिल्लीस्थित नेपाली दुतावास गएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको बताउनुभएको थियो । सोही भनाइप्रति सभापति देउवाले मुख्यमन्त्री आदित्यनाथ दुतावास नआउनुभएको र भारतका लागि नेपाली राजदुत शंकरप्रसाद शर्माले मुख्यमन्त्रीलाई भेट्दा सो कुरा बताउनुभएको उल्लेख गर्नुभयो ।
सभापति देउवाले भन्नुभयो, ‘अघि डा. शेखर कोईरालाले भनिसक्नुभयो । सरकारको नाममा अहिले धेरै ठूलो बद्नामीहरु भइरहेको छ । यो नहोस् भनिसक्नु भयो । त्यसैले शेयर होल्डरको पैसा जनताको पैसा भएको हुनाले यसको अनावश्यक खर्च हुनु हुँदैन । अस्ति मैले बोल्दा गलत सूचनाको आधारमा मैले भारतका उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा बोल्न पुगेछु । त्यसमा भन्न चाहन्छु मैले । उहाँले दिल्लीको राजदुतावासमा आउनुभएको होइन, दिल्लीको राजदुतले उहाँलाई भेट्न जाँदा भएको कुरा हो । हामी नेपालमा राजाको पक्षमा छैनौँ, यो बेकारको हल्ला हो, मेरो फोटो छापे पनि त्यो होइन भन्नुभएको हो । दुतावासमा आउनुभएको होइन । यो पनि म खण्डन गर्न चाहन्छु ।’
सभापति देउवाले सरकारको नाममा धरै ठूलो बद्नामी भइरहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच