बाबर अजामको कप्तानीमा पाकिस्तानी टोलीको घोषणा

Read Time = 3 mins

कराँची । पाकिस्तानले एसिया कप क्रिकेटका लागि टोली घोषणा गरेको छ । पाकिस्तानले बाबर अजामको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । एसिया कप अगस्ट २७ बाट सुरु हुँदैछ । पाकिस्तान समूह ‘ए’ मा रहेको छ । समूह ‘ए’ मा साबिक विजेता भारत, पाकिस्तान र छनोटबाट आउने एक टोली रहेका छन् । कुवेत, हङकङ, सिंगापुर र कुवेतमध्ये एक टोली यस समूहमा रहनेछन् । प्रतियोगितामा छ टोली सहभागी हुँदैछन् ।

एसिसीले सहभागी छ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेलतालिका सार्वजनिक गरेको हो । समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

टी-ट्वान्टी फम्र्याटको प्रतियोगितामा समूहका शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउनेछन् । सुपर चारमा एकअर्काविरुद्ध खेल्नेछन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रतियोगिताको उद्घाटनमा श्रीलंका र अफगानिस्तानबीच अगस्ट २७ मा प्रतिस्पर्धा हुनेछ । यसअघि एसिया कप श्रीलंकामा तय भएको थियो । तर, श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकट र नागरिकको आन्दोलनका कारण एसियन कप श्रीलंकाबाट युएईमा सारिएको हो ।

इंग्ल्यान्डले १७ वर्षपछि पाकिस्तान भ्रमण गर्ने
इंग्ल्यान्डले १७ वर्षपछि सात टी-२० र तीन टेस्टका लागि सेप्टेम्बरमा पाकिस्तान भ्रमण गर्ने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले इंग्ल्यान्डको भ्रमण निश्चित भएको जानकारी दिएको हो । गत वर्ष न्युजिल्यान्डले सुरक्षाको कारण देखाउँदै पाकिस्तान भ्रमण त्यागेपछि इंग्ल्यान्ड पनि दक्षिण एसिया भ्रमणबाट पछाडि हटेको थियो । सेप्टेम्बर २० देखि सुरु हुने भ्रमणमा इंग्ल्यान्डले सात टी-२० अन्तर्राष्ट्रिय कराँची र लाहोरमा खेल्नेछ । यस्तै, अस्ट्रेलियामा विश्व कपपछि इंग्ल्यान्ड तीन टेस्टका लागि डिसेम्बरमा फेरि पाकिस्तान फर्किने पिसिबीले जनाएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?