
काठमाडौं । स्पेनको ग्रामीण पर्यटनबाट नेपालले धेरै कुरा सिक्न सक्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । काठमाडौं बत्तीसपुतलीस्थित होटल द्वारिकामा शुक्रबार भएको कार्यक्रमका सहभागीले स्पेनको ग्रामीण पर्यटनमा वास्तुकलाको भूमिका र नेपालको ग्रामीण पर्यटन विकासका सन्दर्भमा चर्चा गरेका हुन् ।
स्पेन विश्वकै धेरै पर्यटक भित्र्याउने मुलुकमध्ये एक हो । स्पेनमा वर्षेनी करिब १० करोड पर्यटक आउने गरेको कार्यक्रमका सहभागीले बताएका थिए । पर्यटनले रोजगारीसमेत सिर्जना गर्ने कार्यक्रममा बताएका थिए ।
ग्रामीण पर्यटन विकास गर्न वास्तुकला र स्थानीय सामग्रीलाई प्राथमिकता दिनुपर्नेमा उनीहरूको जोड थियो । स्पेनका राजदूत एन्टोनियो मार्स पुयोल, वास्तुविद् टोमियो स्टेभा, बेलेन मोनियो, होटल द्वारिकाका संगीता श्रेष्ठ, कलाकार मनिषा कोइरालालगायतको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच