
पर्सा – पर्साको वीरगन्जमा हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबीच भएको विवाद समाधानका लागि अहिले सर्वपक्षीय बैठक बसिरहेको छ। जिल्ला प्रशासन कार्यालयमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा अहिले बैठक भइरहेको हो ।
शनिबार दुई समुदायबीच झडप भएपछि वीरगन्जमा शनिबार साँझ ६ः३० बजेदेखि आज आइतबार दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु लगाइएको छ। यहीबीच पर्साका प्रशासन प्रमुख, प्रहरी प्रमुखको उपस्थितिमा राजनीतिक दललगायत सरोरकारवाला सबै पक्षलाई सहभागी गराई सर्वपक्षीय बैठक आयोजना गरिएको छ।
हुनमान जन्मोत्सवका अवसरमा वीरगन्जमा शनिबार दुवै समूहबीच ढुंगा हानाहान भएको हो। झडपमा सर्वसाधारण र सुरक्षाकर्मी गरेर ३७ जना घाइते भएको प्रहरीले जनाएको छ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच