
भोजपुर । रैथाने खाना र संस्कृतिको प्रवर्धन गरी पर्यटन विकास गर्ने उद्देश्यसहित भोजपुरको चखेवामा खाना महोत्सवको आयोजना गरिएको छ। ‘मुन्दुम पदमार्गको चखेवा जाऔं, रैथाने खाना र स्थानीय संस्कृतिमा रमाऔं’ भन्ने मुल नाराका साथ २०८२ साल बैशाख एक र दुई गते चखेवामा खाना महोत्सवको आयोजना गरिएको हो ।
टेम्केमैयुङ गाउँपालिका वडा नम्वर चार, नागीमा पर्ने चखेवामा स्थानीय स्तरका खानाका स्टलहरु रहने छन् । पुष्पलाल मध्यपहाडी राजमार्गअन्तर्गतको यो क्षेत्र मुन्दुम पदमार्ग क्षेत्र हो । गाउँपालिकाको आयोजनामा एक लाख पर्यटक भित्र्याउने लक्षका साथ मुन्दुम पदमार्ग भ्रमण बर्ष २०२५ चलि रहेको सन्दर्भमा नयाँ बर्षसँगै दुई दिने रैथाने खाना महोत्सव समेत हुन लागेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष बस्नेतले भन्नुभयो, “रैथाने खाना प्रवर्द्धनले पर्यटन विकास र स्थानीय अर्थतन्त्र सुधारमा समेत टेवा पुग्ने छ, यसले मुन्दुम पदमार्गको प्रचार प्रसारसँगै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा समेत सहयोग मिल्छ ।” महोत्सवमा स्थानीय स्तरका परिकारहरु कोदो, फापर, मकै, भटमासलगायतको बिभिन्न परिकारका स्वादहरु लिन सकिने आयोजक पक्षले जनाएको छ ।
गाउँपालिकाको संयोजक तथा चखेवा बजार तथा शहरीकरण ब्यवस्थापन समितिको आयोजनामा दुई दिने महोत्सव हुने छ । महोत्सवका लागि कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय, स्वीस सरकार विकास सहयोग एसडीसी र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको सहयोग रहने आयोजक संस्थाका अध्यक्ष आइकुमार राईले बताउनुभयो । रैथाने खानाको संरक्षण गरी आर्थिक आयआर्जनमा समेत सहयोग गर्ने महोत्सवको उद्देश्य रहेको अध्यक्ष राईको भनाई रहेको छ ।
सरकारको एक सय पर्यटकीय गन्तव्यमा समावेश मुन्दुम ट्रेललाई चिनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले बिभिन्न कार्यक्रमहरु संचालन गर्दे आई रहेको छ । टेम्केमैयुङ गाउँपालिकाले आफुसँगै मुन्दुम ट्रेलसँग जोडिएको स्थानीय तहहरू खोटाङको साकेला, रुपाकोट र केपिलासगढी गाउँपालिका, भोजपुरको साल्पासिलिछो गाउँपालिका, भोजपुर नगरपालिका, षडानन्द नगरपालिकासँगको समन्वयमा गाउँपालिकाले एक लाख पर्यटक भित्र्याउने योजनासहित सन् २०२५ लाई भ्रमण वर्षकारूपमा मनाउँदै आई रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच