चीनसँगको सम्बन्ध अतुलनीय : प्रधानमन्त्री हिप्किन्स

Read Time = 3 mins

बेइजिङ । न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले चीनसँगको सम्बन्ध न्युजिल्यान्डका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ । चीन भ्रमणमा रहनुभएका क्रिसले बेइजिङमा आयोजित कार्यक्रममा बुधबार दुई देशबीच निकै रचनात्मक र सकारात्मक सम्बन्ध रहेको बताउनुभएको हो ।

सिन्हृवाले सोधेको प्रश्नको उत्तर दिँदै, न्यूजिल्याण्ड र चीनसम्बन्ध न्यूजिल्याण्डका लागि अविश्वसनीय रूपमा महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । ‘हाम्रो सम्बन्धलाई हामीसँग सम्झौता भएका क्षेत्रहरू र हाम्रा साझा चासोहरूद्वारा व्यापकरूपमा परिभाषित गर्न सकिन्छ,’ उहाँले भन्नुभयो । कोभिड-१९ को महामारीबाट बाहिर निस्किँदै न्यूजिल्याण्डले चीनसँग आर्थिक गतिविधि पुनः स्थापना गर्नु प्राथमिकतामा रहेको हिपकिन्सले बताउनुभयो । प्रधानमन्त्री हिपकिन्सले भन्नुभयो, ‘चीन पहिलेदेखि नै न्यूजिल्याण्डको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएकाले द्विपक्षीय व्यापारलाई अझ विस्तार गर्ने आशा राखेको छ ।’ चीनसँगको व्यापारको दायरा विस्तार गर्ने सम्भावनाको बारेमा उत्साहित हुँदै उहाँले भन्नुभयो, ‘द्विपक्षीय शिक्षा सम्बन्ध धेरै राम्रो रहेको र दुई देशबीचको शिक्षा सहयोगलाई थप बढवा दिन तत्पर रहनुपर्छ जसबाट दुवै देश लाभान्वित हुन सकुन् ।’

‘हामी विश्वमा उत्कृष्ट पर्यटकीय अनुभव प्रदान गर्दछौं । हामीसँग सुन्दर देश छ र हामी विश्वभरका मानिससँग साझेदारी गर्न चाहान्छौं’, हिपकिन्सले भन्नुभयो, ‘चिनियाँ पर्यटकहरूको संख्या देखेर हामी धेरै उत्साहित छौं । यो संख्या निरन्तर बढ्दै गएको छ ।’
प्रधानमन्त्री हिपकिन्स जुन २५ देखि ३० सम्म चीनको भ्रमणमा हुनुहुन्छ । यस अवधिमा उहाँले उत्तरी चीनको बन्दरगाह शहर टियाङ्जिनमा समर डाभोस फोरम भनेर चिनिने नयाँ च्याम्पियनहरूको १४औं वार्षिक बैठकमा भाग लिँदै हुनुहुन्छ । रासस-सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?