
हेटौंडा। नेपाल विद्यत् प्राधिकरण हेटौंडा प्रमुख ई. शिवराम यादबले हेटौंडा उपमहानगरपालिकाले बजारका हरिया रुखहरुमा स्ट्रिट-ल्याम्प राखेर बिनामिटर बिजुली प्रयोग गरिरहेको बताउँदै बारम्बार आग्रह गर्दा पनि हटाउन अटेर गरेको बताउनुभएको छ ।
वर्षाको समयमा दुर्घटना हुनसक्ने जोखिम पनि उत्तिकै रहेको उहाँको भनाइ छ । राति सवारी चलाउन ती बत्तीले प्राविधिकरुपमा असहज बनाउने बताउँदै उहाँले मिटर नराखी जथाभावी काम नगर्न नगरपालिकालाई आग्रह गर्नुभयो । 'हटाउन हामी सहमति कुरिरहेका छौं । यदि अटेर गरिरहे हामी हटाउन बाध्य हुनेछौं,’ उहाँले भन्नुभयो।
'अघोषित लोडसेडिङ’ बन्द गर्न मागसहितको पत्र लिएर कार्यालय पुगेको रास्वपाको टोलीसँगै उहाँले रुखमा अनावश्यक झिलीमिली बत्तीले चरा र कीरा/फट्यांग्रालाई असर पारेको बताउनुभयो । क्षणिक आकर्षणका लागि बिभिन्न स्थानका सार्वजनिक रुखमा अनावश्यकरुपमा राखिएका बत्ती हटाउनुपर्ने माग छ । 'सहरलाई चराको वातावरणअनुकूल बनाउनु महत्व हुन्छ । चराको उठ्ने, बस्ने, आराम गर्ने निश्चित समय हुन्छ । रुखमा अनावश्यक ढंगले बत्ती राख्दा चराको वंशाणुगत् गुणमा असर पारिरहेको हुन्छ,’ एक जना अभियानकर्मीले बताउनु भयाे । झट्ट हेर्दा आकर्षक देखिएपनि त्यसले रुखको आयु घटाउने, चराले रातको समयमा सुत्न नपाउने समस्या बढेको भन्दै हटाउनुपर्ने उहाँले उल्लेख गर्नुभएको छ।
रुख साझा सम्पत्ति भएको र रुखसंग हजारौं जीवजन्तु पनि आश्रयमा हुने हुँदा रुखमा राखिएका अनावश्यक झिलीमिली बत्ती हटाउनु पर्ने स्थानीयहरूले बताउँदै आएका छन् । उनीहरुले सुरुमा मान्छेले थाहा नपाएर त्यस्ता बत्ती राख्ने गरेको भए पनि त्यसको असरबारे थाहा पाएपछि हटाउन आवश्यक देखिएको उल्लेख गरे । कृत्रिम प्रकाशका कारण चराको जीवन संकटमा परेकोतर्फ सचेत रहँदै बैकल्पिक रूपमा यसकाे समाधान खाेजिनु पर्ने उनीहरूकाे भनाइ छ।
रातको समयमा कृत्रिम उज्यालोका कारण चराले दिन र रात छुट्याउन नसक्ने भएकाले तिनीहरुको बसाइमा समस्या बढेको चराको आवाजसमेत सुनिने छाडेकाले यस्ता बत्ती हटाउनु आवश्यक रहेको चराविज्ञले समेत बताएका छन् ।
रातिकाे प्रकाशले चराको उठ्ने, खाना खोज्ने र आराम गर्ने समयमा परिर्वतन हुँदा त्यसले चराको प्रजनन् दरलाई बिथोलेकाले बाध्य भएर बत्ती हटाउनु राम्रो हुने विज्ञको भनाइ छ । घाम झुल्किनुअघि उठ्ने र अस्ताएपछि आराम गर्ने चराको वंशाणुगत् गुणलाई कृत्रिम प्रकाशले नराम्रोसंगै असर पारेको छ । तर, हेटौंडा उपमहानगर प्रवक्ता सबिन न्यौपानेले जोखिम नहुने बुझेरै बत्ती राखिएको भन्दै ती बत्तीले राति सुरक्षाको हिसाबले सहज भएको प्रहरीको भनाइ आएको उहाँले बताउनुभयो।
लोडसेडिङ भए आन्दोलन
विगत केही समयदेखि हेटौंडा बजारलगायत क्षेत्रमा लाइन जाने समस्या अधिकरुपमा बढेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले ध्यानाकर्षणपत्र बुझाएको छ । आइतबार हेटौंडा–१० स्थित विद्युत् प्राधिकरण केन्द्र प्रमुख ई. यादबलाई राष्ट्रिय स्वतन्त्र पार्टीका आरएटी महेन्द्रकुमार श्रेष्ठले ध्यानाकर्षणपत्र बुझाउनुभएको हो ।
उपभोक्ता मर्कामा परेको र व्यापार/व्यवसाय धरासयी हुँदै गएको छ । लामो समयदेखि विविध समस्याका कारण सिथिल अवस्थामा पुगेको अवस्थामा व्यवसायी फेरि अघोषित लोडसेडिङको मारमा पर्न थालेको हुँदा अघोषित लोडसेडिङ तत्काल अन्त्य गर्न ध्यानाकर्षण गराउदै पत्र बुझाइएको हो,’ श्रेष्ठले भन्नुभयो। यही अवस्था रहिरहे आन्दोलन गर्न बाध्य हुने ध्यानाकर्षणपत्रमा आग्रह गरिएको छ । अघोषित लोडसेडिङको विषयमा ई. यादबले भन्नुभयो–लोडसेडिङ हुँदैन । प्राविधिक कारण बत्ती जाने समस्या आएको हो । अब नेपालमा लोडसेडिङ गर्नुपर्ने समस्या आउँदैन।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच