
झापा । करिब दुईसाता अघिदेखि सडक संघर्षमा रहेका नेपाली शिक्षकले आन्दोलनलाई थप शसक्त बनाउने रणनीति तय गरेका छन् । नेपाल शिक्षक महासंघकाे आयाेजनामा भइरहेको आन्दोलनमा रहेका शिक्षकहरुले नयाँ वर्ष पनि सडक मै मनाउने भएका छन् । शिक्षा ऐन तत्काल ल्याउन सरकारलाई दबाब दिइरहेका नेपाली शिक्षकले तीनै तहका सरकार र सम्बद्ध पक्षले आयोजना गर्ने बैठकमा सहभागी नहुने निर्णय गरेका छन् ।
नेपाल शिक्षक महासंघको ७७ जिल्ला, सात प्रदेश र केन्द्रीय आन्दोलन परिचालन समितिको आज बसेको पूर्ण बैठक त्यस्तो निर्णय लिएको आन्दोलनको नेतृत्व गरिरहनु भएको मध्येको एक नेपाल शिक्षक संघ कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौँलागाईं (तेजु )ले बताउनुभयो।
रत्नराज्यलक्ष्मी मावि बानेश्वरमा सम्पन्न बैठकमा आन्दोलनको समीक्षा गर्नुका साथै जिल्ला, प्रदेश अध्यक्षहरु र संयोजकसँग सुझाव समेत लिएको छ । सुझावका आधारमा आन्दोलनको १० बुँदे खाका सार्वजनिक गरेको अध्यक्ष चौँलागाईंले जानकारी दिनुभयो
" अबको आन्दोलनमा पालिकादेखि लिएर केन्द्रसम्मका महासंघ र आबद्ध ,संबद्ध घटकका कार्यसमितिका पदाधिकारी र समितिका सबै र प्रत्येक विद्यालयका प्रधानध्यापक अनिवार्य भोलि (वैशाख २ गते) देखि काठमाडौं उपस्थित हुने पर्नेछ " १० बुँदे निर्णयमा भनिएको छ," प्रत्येक विद्यालयका कुल शिक्षक, कर्मचारी मध्ये कम्तीमा विशेष परिस्थितिमा बाहेक हाललाई कम्तीमा ६० प्रतिशत अनिवार्य काठमाडौंमा उपस्थित हुने निर्णय भएको छ ।"
महासंघको बैठकले आन्दोलन परिचालन खर्च एक रुपैयाँ सयमध्ये ५० रुपैयाँ जिल्ला र प्रदेशमा बुझाउनु पर्ने भएकाले प्रत्येक पालिकाले जिल्लामा तोकिएको रकम अनिवार्य बुझाउनु पर्ने निर्णय गरेको छ । महासंघ बैठकले आमशैक्षिक हडतालको पूर्णरुपमा पालना गर्ने, पालना गरे/नगरेको विशेष टास्कफोर्स गठन गरी निगरानी गर्ने र गोप्य सूचनाका आधारमा अभिलेख तयार गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले महासंघको माग पुरा भएको खण्डमा त्यसको हिस्सेदार सम्पूर्ण शिक्षक, कर्मचारी हुने भएकाले आमशैक्षिक हडताल भनेर आर्थिक, नैतिक र भौतिक रुपमा सहभागी नभई घरमा बसेर रमिता हेर्ने शिक्षक, कर्मचारीहरूका सन्दर्भमा वैशाख २ गतेदेखि आन्दोलनमा हाजिरी अभिलेखलाई चुस्त दुरुस्त राख्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले महासंघ र आवद्ध / सम्बद्ध घटकका पालिकादेखि केन्द्रसम्मका समितिमा रहेका सदस्य तथा पदाधिकारीहरुको सन्दर्भमा वैशाख २ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी नभए त्यस्तो पदबाट तुरुन्त हटाई आन्दोलनमा सहभागी शिक्षकहरुबाट अन्य व्यक्ति मनोनयन गरिनुपर्ने, प्रत्येक शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरी एसइई उत्तरपुस्तिका परीक्षण केन्द्र र कक्षा १२ को परीक्षा केन्द्रको पूर्ण विवरण माग गरी हाललाई उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालनमा कुनै पनि शिक्षक तथा प्रधानाध्यापक सहभागी नहुने निर्णय गरेको छ।
बैठकके वैशाख २ गतेदेखि आन्दोलनमा सहभागी हुने शिक्षक, कर्मचारीले आन्दोलनमा जाँदा महासंघको चिनारी बाहेक आफू सम्बद्ध घटकको पहिचान खुल्ने टोपी, ज्याकेट तथा भेष्ट लगायतका पोसाक लगाउन नपाउने निर्णय गरेको छ । आन्दोलनमा घुसपैठ हुन सक्ने र गलत व्यक्ति प्रवेश गरी आन्दोलनलाई भड्किलो बनाउन सक्ने सम्भावनालाई ध्यानमा राखी महासंघले सबै सहभागीले विद्यालय पोशाक र परिचयपत्र अनिवार्य लगाउने निर्णय गरेको छ ।
सडक आन्दोलनको क्रममा अगाडि आउने, फोटो खिच्ने र आफूलाई भाइरल बनाउन खोज्ने गतिविधिलाई दुरुत्साहन गर्न महासंघले तोकेको स्थानमा मात्र प्रदेशको संयोजकत्वमा जिल्लाहरू क्रमशः आफ्नो व्यानरसहित सहभागी हुने र प्रत्येक प्रदेशको समूहमा रहेका जिल्लाहरुले आफ्नो क्षेत्रभित्र बगैंचा, पेटीमा बस्ने शिक्षकहरुलाई बीच सडकमा ल्याउन स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको अध्यक्ष चौँलागाईंले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच