
पाल्पा । पाल्पामा सोमबार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । यहाँका रामपुर नगरपालिका र बगनासकाली गाउँपालिकाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
जिल्लाको रामपुर नगरपालिका–३ रामपुर ओइरीघाटस्थित भित्री कच्ची सडकमा स्कुटर दुर्घटना हुँदा चालक सोही ठाउँका ७५ वर्षीय पदमबहादुर ठाडा मगरको मृत्यु भएको छ । रामपुर नगरपालिका –३ ओईरीघाटस्थित भित्री कच्ची सडक खण्डमा लाम्टाङबाट ओरीघाटतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०९–००४ प ८०३९ नम्बरको स्कुटर आफै अनियन्त्रित भई पल्टिन जाँदा चालक ठाडा घाईते भएका थिए । घाइते उनको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।
यस्तै बगनासकाली गाउँपालिका –१ रायडाँडास्थित सिद्दार्थ राजमार्ग सडक खण्डमा मोटरसाईकल दुर्घटना भएको छ । सोमबार दिउँसो घोरबन्दादेखी बर्तुङ्गतर्फ आउँदै गरेको लु ६१ प ७६३६ नम्बरको मोटरसाईकल दुर्घटना भएको हो ।
दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा चालक जिल्लाको तानसेन नगरपालिका –६ का ४१ वर्षीय पदमबहादुर दर्लामी रहेको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिनुभयो ।
दुर्घटनामा चालक दर्लामी गम्भीर घाइते भएका थिए । घाइते उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाईकल पछाडी सवार उनका १८ वर्षीय छोरा मन्दिप दर्लामी घाईते भएका छन् । उनको मिसन अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
उकालोमा अचानक ब्याक भई पल्टिन जाँदा मोटरसाईकल दुर्घटना भएको प्रहरी नायव उपरीक्षक मल्लले बताउनुभयो । उहाँका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच