
काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले फोहोरी राजनीतिको अङ्ग बन्नका लागि आफूहरु अहिले क्रियाशिल नभएको बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । आफूहरु फोहोर सफा गर्नका लागि पोखरीमा पसेको महामन्त्री थापाको भनाइ छ । फोहोर सफा गर्न पोखरीमा छिरेको हुनाले कहिले कहीँ बाहिरबाट हेर्दै गर्दा फोहोर नै देखिए पनि आफूहरु फोहोरमा मिसिन नभइ सफा गर्नका लागि गएको बताउनु भयो ।
अहिलेको सरकार नेपाली काँग्रेस सम्मिलित सरकार भएकाले सरकारको पर्फमेन्स बढाउन आफूले चाहेको जिकिर गर्नुभयो । उहाँले गुड गभर्नेन्सको कुरामा सरकार नचुकोस् र सरकारप्रति खबरदारी गर्नेकुरामा पनि काँग्रेस सचेत रहेको बताउनु भयो । नागरिकको अवस्था बदलिने कुराको अवरोध नेतृत्व भएको जिकिर गर्नुभयो । सम्झाएर र बुझाएर नेतृत्वको शैली बदल्न नसके नेता बदल्नुपर्ने उहाँको भनाइ छ ।
महामन्त्री थापाले भन्नुभयो, ‘हामी अहिले नेपाली काँग्रेस सम्मिलित भएको सरकार हो । यसको पर्फमेन्स बढाउन चाहन्छौँ । गभर्नेन्सको कुरामा नचुकोस् भन्न काम पनि गर्न चाहन्छौँ, खबरदारी पनि गर्न चाहन्छाैँ । हामी पनि अहिले फोहोर सफा गर्न पोखरीमा छिरेका छौँ । फोहोर सफा गर्न पोखरीमा छिरेको हुनाले कहिले कहीँ बाहिरबाट हेर्दै गर्दा फोहोर नै देखिन्छ । तर त्यहाँ हामी मिसिन गएको होइन । सफा गर्न गएको हो । हामी मिसिन्नाैँ । हामी त्यसको पार्ट बन्दैनौँ । हामी त्यसको अंग बन्दैनौँ । हामी फोहोर सफा गर्न गएको हो । हामीलाई थाहा छ, हामी अहिले गाली खाइरहेका छौैँ, हामीलाई प्रश्न गरिरहेका छन् । किनभने बाहिरबाट हेर्दै गर्दा त्यस्तै देखिन्छ तर हामी त्यो होइनौँ । हामी त्यही फोहोरी राजनीतिको अंग बन्नका लागि अहिले क्रियाशिल भएको हुँदै होइनौँ । हामी तपाईंहरुको शुभेक्षा र आशिर्वादबाट यहाँभित्र रहेको फोहोर सफा गर्न चाहन्छाैँ । हामीले व्यवस्था बदल्यौँ तर अवस्था के कारणले बदलिरहेको छैन भने नेताको शैलीको कारणले गर्दा बदलिएको छैन । अवस्था बदलिने कुराको अवरोध नेतृत्व हो । नेता भनेर कुनै अमुक भनेको छैन, म पनि त्यसभित्र पर्दछु । नेतृत्वको शैली हो । नेतृत्वको शैली बदल्ने हो । नेतृत्वको शैली बदल्न, सम्झाएर बुझाएर अहिलेको शैली बदल्नसके त्यो बदल्ने हो । सम्झाएर बुझाएर नेतृत्वको शैली बदल्न नसके नेता बदल्ने हो । समस्या नेतामा छ । नेता बदल्दा समस्या समाधान हुन्छ भने त्यो भन्दा अर्को कुरा बदल्नुपर्छ की भनेर भन्नेकुराले निकास आउँदैन ।’
महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाभित्र नागरिकको अहिलेको अवस्था बदल्न नेताको शैलीमा सुधार गर्नुपर्ने बताउनु भयो । उहाँले नेतृत्वका कारण नागरिकको अवस्था नबदलिएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच